सिस्नेरी घटनाको छानविन गर्न माग गर्दै प्रधानमन्त्री ओलीलाई पत्र

407
SHARES
536
VIEWS

बारा । मकवानपुरको सिस्नेरीमा पहिरोमा परी ६ जना किशोरको मृत्यु भएको विषयमा छानविनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र बुझाउँदै पीडित परिवार ।

गत असोज १२ गते मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३, टेकरमा खसेको पहिरोमा परी ज्यान गुमाएका एन्फा एकेडेमीका ६ जना किशोर खेलाडीका परिवारले प्रधानमन्त्री ओलीलाई पत्र बुझाइएको हो ।
प्रधानमन्त्री ओलीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटी घटनाका दोषीलाई कारवाही गर्न मृतकका परिवारले माग गरेका छन् ।

उनीहरुले शुक्रबार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई छुट्टाछुट्टै भेटी घटनाको विषयमा उच्चस्तरीय छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । पीडित परिवारले एकेडेमी व्यवस्थापनको लापरवाहीको कारण घटना भएको भन्दै ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

पीडित परिवारका तर्फबाट कमला रेग्मी, ललित घलान, हेमबहादुर योञ्जन, दीपा बानियाँ, टीकाराम आचार्य र भक्तबहादर बलम्पाकीले संयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्र बुझाउँदै उनीहरुले मृतक खेलाडीहरुको नाममा अक्षयकोषको स्थापना गरी प्रत्येक वर्ष खेलाडीहरुको स्मृतिमा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्नुपर्ने माग पनि गरेका छन् ।
उक्त घटनामा परी ज्यान गुमाएका बारा निजगढ-८ का  विकल रेग्मीका आमा कमला रेग्मी र अनुपम घलानका बुवा ललित घलानलगायतका परिवारले प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाललाई भेटी घटनाको विषयमा सत्यतथ्य छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाउन माग गरेको शुरु देखि नै घटनाको विषय पहल लिदै आएका नेकपा (माओवादी केन्द्र) का युवा नेता रविराज दंगालले जानकारी दिए । उनिहरुले प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र अध्यक्ष नेपालले आफुहरु पीडित परिवारहरुको पक्षमा रहेको र घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउन सहयोग गर्ने जवाफ दिएको जानकारी दिए ।
असोज १२ गते बिहान कुलेखानी ड्यामको सतह भरिएर ढोका खोलिएपछि एकेडेमीको होस्टेलमा रहेका ३६ जना विद्यार्थी र होस्टेल वार्डेन गाउँतर्फ जानेक्रममा बाटोमाथिबाट खसेको पहिरोमा परी ६ जना किशोर पुरिएका थिए । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई भेट्न पीडित परिवारसहित सत्तापक्षका प्रमुख सचेतक महेशकुमार बर्तौला, बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशका पूर्व सामाजिक मन्त्री कुमारी मोक्तान, नेकपा (माओवादी केन्द्र) का युवा नेता सामाजिक अभियान्ता रविराज दंगल, कांग्रेस मकवानपुरका सभापती बुद्ध लामालगायतका सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित