निजगढ डोजाङद्वारा आयोजित दोश्रो जुनियर जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न नेत्रोदय प्रथम

401
SHARES
527
VIEWS

बारा । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ निजगढ तेक्वान्दो डोजाङ्गद्वारा आयोजित दोस्रो बारा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०८१ सम्पन्न भएको छ । नेपाल तेक्वान्दो डोजाङ संघ निजगढ डोजाङद्वारा  आयोजित प्रतियोगितामा बारा जिल्लाका ७ टिमका ८० जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा श्री निजगढ डोजाङ, श्री नेत्रोदय डोजाङ, श्री स्मार्ट सिटी निजगढ डोजाङ, श्री कोल्हवी भैरव डोजाङ, श्री कलैया डोजाङ, श्री लायन्स डोजाङ र श्री नेपाल राष्ट्रिय मावी सिङ्गौल डोजाङका खेलाडीहरु सहभागीता रहेका थिए । त्यस्तैगरी प्रतियोगितामा श्री नेत्रोदय तेक्वान्दो डोजाङ्ग प्रथम भएको छ भने श्री नेपाल राष्ट्रिय मावी सिङ्गो द्वितीय भएको छ । श्री नेत्रोदय डोजाङ्गले प्रथम भएसंगै प्रथम ९ गोल्ड दोश्रो ४ र १० गोल्ड मेडलसहित कप र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । यस्तै द्वितीय भएको सिङौलले ३ गोल्ड दोश्रो ३ गोल्ड मेड्लसहित कप र प्रमाण्ण पत्र प्राप्त गरेको छ । यसैगरी तृतीय भएको लायन्स तेक्वान्दो डोजाङले प्रथम २ गोल्ड मेडल दोश्रो २ गोल्डेन मेडल तेस्रो ४ गोल्ड मेड्लसहित कप र प्रमाण पत्र प्राप्त गरेको छ । त्य्सतैगरी बारा डुम्बरबाना डोजाङले दोश्रो ४ र तेस्रो ४ मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने कोल्हवी भैरभ डोजाङले तेस्रो २ मेड्ल प्रमाण पत्र पाप्त गरेका छन । स्मार्ट सिटी निजगढले भने दोश्रो १ मेडल र प्रमाण प्रत्रमा चित्त बौझाएको छ । प्रतियोगिताको विजेता तथा उपविजेता टिमहरुलाई पुरस्कार तथा सम्मान गर्दै निजगढ नगरपालिकामा प्रमुख सुरथ पुरीले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारालाई सार्थक बनाउन प्रतियोगिता सफल भएको र आगामी दिनमा संचालन गरिने बिभिन्न प्रतियोगिताहरुले युवाहरुलाई समाज रुपान्तरणको हिस्सेदार बनाउने बिश्वास ब्यक्त गरेका थिए । “पछिल्लो सयम धेरै किशोर किशोरीहरु लागु औषध दुर्व्यसनीमा फसिरहेको र परिवार तथ समाजदेखि टाढिदै गइरहेको सन्दर्भमा यो प्रतियोगिताले जसरी खेलकुदमा अनुशासन, जिम्मेवारी, संयमता संयमता र धैर्यताको सिमाहरुलाई पालना गरिन्छ त्यसरी नै सभ्य समाज निर्माण गर्न तिनै किशोर किशारीहरु एक भएर लाग्ने छन भन्ने विश्वस गरेको छु ।” नगर प्रमुख पुरीले भने । बारा जिल्ला डोजाङ्गको अध्यक्ष चित्रबहादुर लामा (नन्दु) को अध्यक्षता तथा बारा जिल्ला तेक्वान्दो संघका सचीव दिपककुमार खड्काको संचालनमा भएको कार्यक्रममा निजगढ नगरपालिकाकी उप प्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष संवरण लामा, मधेस प्रदेश तेक्वान्दो संघका अध्यक्ष पेमासिद्दी लामा र सदस्य भाईकाजी श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । त्यस्तैगरि यसअघि उदघाटन समारोहमा निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्णा लामाले दिपकजलाई कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रम उदघाटन समारोहका प्रमुख  लामा, अवतार बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष अजय लामा सागर थोकरलगायतले खेलकुदको बारेमा महत्त्वपूर्ण मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न सामाजिक अभियानता र समाजसेवीहरुको सहभागीता रहेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित