बर पिपल संरक्षणको लागि चौतारा निमार्ण सुरु

401
SHARES
528
VIEWS

बारा । उमेश घलान/भक्तलाल ।
बाराको निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलालमा वर पिपल संरक्षणको लागि चौतारा निमार्ण सुरु भएको छ ।

निजगढ नगरपालिका वडा नम्बर १३ मा लोप हुदै गइरहेको वर पिपल संरक्षण गर्न स्थानियहरुले वर पिपल वरिपरि चौतारा बनाउन सुरु गरेको हो । नगरपालिकाको वडा नम्बर १३, कार्यलय छेउमा रहेको बर पिपलमा स्थानीयहरुको आफ्नै श्रमदानमा चौतारा बनाउन सुरु गरेका हुन् ।

बर पिपलको छुट्टै महत्व भएकाले यसलाई संरक्षण गर्ने उदेश्यले गाउविचमा रहेकोे १ बोट वर र १ बोट पिपलमा चौतारा बनाउन सुरु गरीएको जुनतारा युवा क्लबका अध्यक्ष खुशिलाल थिङ्गले बताए । वडाका भक्तलालवासीहरुको श्रमदानमा चौतारा निर्माण भइरहेको अध्यक्ष थिङ्गको भनाइ छ ।
चौतारी निर्माणको लागि स्थानिय युवाहरु र वैदेशिक रोजगारको शिलशिलामा बैदेशिक रोजगारमा रहेका युवाहरु र स्थानीयहरुले बालुवा, सिमेन्ट, रङरोगन सहयोग गरेका छन ।

बर पिपललाई घेरेर गारो लगाई ढलान गर्ने तयारी भई रहेको छ । साथै प्लासटर पछि केही दिनमै र रङरोगन गरिने बताइएको छ  । धार्मिक र वैज्ञानिक महत्व बोकेको बर र पिपलको रुखलाई रोपेर ठूलो भएपछि विवाह गरिदिनाले धर्म हुने हिन्दूहरुमा धार्मिक विश्वास भएपनि यो कार्य हराउदै गएको पाइएको छ ।
बर, पिपल जत्तिको अक्सिजन क्षमता अरु बोट बिरुवाको नभएको  र बर पिपल करिब १ हजार बर्ष सम्म बाच्न सक्ने रुख हो ।

पछिल्लौ समय विकाशको नाममा विनाश भइरहेको वर पिपल चौताराको संरक्षण गर्नकालागि स्थानिय संगै स्थानिय सरकारको पनि ध्यान पुग्न जरुरी रहेको छ । साथै वातावरण संरक्षणको लागि पनि बर पिपलको विरुवा रोपी संरक्षण गर्न आवश्यकता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित