बारा । बाराको बरियापुरस्थित रहेको गढीमाई मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुका लागि सदरमुकाम कलैयाबाट निःशुल्क बस सेवा सुरु गरिएको छ । ओमविनायक ट्राभल्सले घटस्थापनादेखि नवमीका दिनसम्मका लागि सदरमुकाम कलैयाबाट गढीमाई मन्दिरसम्मका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको हो । पशुबलीका लागि विश्वमै प्रसिद्ध रहेको गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षिय मेला बिहीबार घटस्थापनका दिनदेखि विधिवतमा रुपमा सुरु भइसकेको छ । बिहीबार घटस्थापनाका दिन बृहत शोभा यात्रापनि निकालिएको थियो । घटस्थापनाका दिनदेखि पञ्चवर्षिय गढीमाई मेला विधिवत रुपमा सुरु भएसंगै मन्दिर र मेलामा दर्शन गर्न चाहने भक्तजनहरुका लागि बिहीबारदेखि नै कलैयाबाट निःशुल्क बस सेवा सुर गरिएको ओमविनायक ट्राभल्स प्रालिका सञ्चालक अच्यूत पौडेलले जानकारी दिए । घटस्थापनका दिनदेखि नवमीका दिनसम्म अर्थात असोज २५ गतेसम्म कलैयाको भरत चोकबाट हरेक दिन बिहान ६.३० बजे भक्तजनहरुलाई लिएर बस गढीमाई मन्दिरसम्म जाने र मन्दिरबाट फेरि भक्तजनहरुलाई लिएर बिहान ८.३० बजे बस कलैयामा फर्किने पौडेलले बताए । बिहीबार गढीमाई मेलाका लागि निकालिएको शोभा यात्रामापनि आँफुले दुई वटा बस निःशुल्क उपलब्ध गराएको जानकारीपनि उनले दिए । महागढीमाई नगरपालिका तथा गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा भक्तजनहरुका लागि निःशुल्क बस सेवा
सुरु गरिएको उनले बताए । महागढीमाई नगरपालिकाका मेयर तथा मेला समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवलेपनि गढीमाई मन्दिर र मेलामा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि ओम विनायक ट्राभल्स प्रालिका अध्यक्ष पौडेलसंगको समन्वयमा कलैयाबाट मन्दिरसम्म निःशुल्क बस सेवा सुरु गरिएको बताए । यसबाहेक बारा बस व्यवसायी संघको समन्वयमा थप अरु चार वटा बसपनि निःशुल्क सञ्चालन गर्ने बारेमा पहल भइरहेको जानकारी उनले गराए ।






















Discussion about this post