बारा प्रहरीद्वारा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

397
SHARES
522
VIEWS

बारा । बारा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुइ जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रहरीले बुधवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ७ स्थित वैदेही पेट्रोल पम्प अगाडीवाट ब्राउन सुगरसहित दुइजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका  २१ का १८ वर्षीय साबिर अन्सारी र सोही बडाका ५८ वर्षीय विरेन्द्र प्रसाद साह रहेका छन् । वीरगञ्जवाट जीतपुरतर्फ जाँदै गरेको ना २२ प ९९९४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सवार उनीहरुको साथवाट लागु औषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । चाडपर्व लक्षित गर्दै प्रहरीले चलाएको जाँच अभियानका क्रममा ईलाका प्रहरी कार्यालय तथा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साका

संयुक्त प्रहरी टोलीले लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित