बाढि प्रभावित परिवारलाई बारा पचराैताका मेयर सिंहद्वारा खाद्यान्न सहित राहत सहयोग

396
SHARES
521
VIEWS

रूपेश यादव/रौतहट । पछिल्लो समय आएको अविरल वर्षाका कारण बाढीले राैतहट बारा सहित देश भरीको जनजीवन प्रभावित भएको छ । प्रत्येक्ष बाढिबाट भएको पीडित परिवारलाई मंगलवार देखि निरन्तर रूपमा पिडितहरूलाई घरमा बस्न वातावरण न हुन जेल सम्म बारा जिल्लाको उतकृष्ट पालिका पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह कुर्मीको निर्देशनमा बिहानदेखि बेलुकाका दैनिकी खाना पकाएर खुवाई रहेका छन।
कम्तीमा १५० जनाको टिम सहितको चिकित्सककाे टाेलि बाट शिविर रौतहटको राजदेबी नगरपालिका अन्तर्गत लक्ष्मिपुर बेलविछवामा संचालन गरिएको छ।
भाेलि राैतहटकाे पराेहा नगरपालिका लगाएत अन्य पालिकामा यस्ता कार्यक्रम रहेका छन।
मेयर कुर्मीका अनुसार दुखको घडीमा आफूले सेवा गर्न सौभाग्य प्राप्त भएको बताए। यस विपदको बेलामा पीडित परिवारलाई गाँस, बास तथा कपासको अति आवश्यक रहेको हुनाले मंगलवार देखि बारा जिल्लाको पचरौता नगरपालिकाको सम्पूर्ण टिम बसेर खाना बनाई खुवाउने तथा बाढी प्रभावित क्षेत्रका पिडितहरुको स्वास्थ्यमा केही समस्या भएकालाई स्वास्थ्यकर्मीहरु काे समुह द्वारा जेक जाच भई सहि परामर्श दिई राखेको छ।
यस्ता कार्यक्रमले राैतहट बासी खुशी भएर मेयर सिंहलाई धन्यवाद ज्ञापन समेत गरेका छन।
उक्त कार्यक्रममा मेयर जलन्धर सिंह उपमेयर, वडा अध्यक्ष तथा नगरप्रवक्ता लक्ष्मी यादव, लगाएत नेता कार्यकर्ता , सुरक्षाकर्मि,स्वास्थ्यकर्मी र संचारकर्मिहरुकाे सहभागीता रहेका नेकपा एमालेका राैतहट जिल्ला उपाध्यक्ष रूपेश पटेलले जानकारी गराएका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित