सिङ्गौल क्षेत्रमा विद्युत् कम भोल्टेजको समस्या समाधान गरिँदै

401
SHARES
527
VIEWS

बसन्त लामा/बारा । नेपाल विद्युत् प्राधिकरणले निजगढका सिङ्गौल क्षेत्रमा भइरहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न पहल शुरु गरेको छ ।

प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार गरी विश्वसनीय बनाउन स्तरोन्नतिको काम शुरु गरेको हो ।

निजगढ नगरपालिकाको वडा नम्बर ३ पिपलटारलगायतका स्थानहरुमा बर्षौ देखिको बिधुत को कम भोल्टेज बाट झेलीरहेको समस्या अन्त्य भएकोछ ।

हिजोबाट सिगौलका वडा नम्बर ३ को पिपलटारमा नया ट्रास्फर्मर जडान गर्ने कार्य भएको र सो कार्यबाट कमभोल्टेजको समस्या अन्त्य हुने भएको छ ।

पिपलटारको स्थानीयले बर्षौ देखि झेलीरहेको बिधुतको समस्या प्रति स्थानीय सरकारको दुई कार्यकाल हुदैगर्दा समेत त्यसतर्फ भने नगरपालिकाको ध्यानजानु सकेको थिएन ।

सोहि समस्याप्रति स्थानीय सरकारले चासो नदेखाएको अबस्थामा केहिसमय पहिले सिंगौललगायतलाल रतनपुर निजगढर १३ नम्बरको स्थानीयहरु बिधुत प्राधिकरण उपवितरण सिमरा शाखामामा स्थानीय डेलिकेसन गएको थियो ।

सिमरा बिधुत प्राधिकरण उपवितरण शाखामा डेलिकेसन जानेमा निजगढ बाट सामाजिकअभियान्ता रविराज दंगाल सिगौलबाट संजिव लोप्चन छिरिङ बल, बहादुर मोक्तान, हिमाल आधारभुत बिद्यालयको प्रधानाध्यापक हरिसरण खडका छिमेकी जिल्ला मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर १ राजुवा निवासी गायक तथा समाजसेवी प्रतिक ब्लोन सञ्चारकर्मी उमेश घलानलगात डेलीकेसन पुगेका थिए ।

यसरी डेलिकेसनगैइ ल्याएको ट्रास्फरमर मैले गरेको र हाम्रो दलले गरेको भन्दै केहि राजनीतिक दल र केहि व्यक्ति स्थानीय माझ गलत भ्रम फैलाउने कार्य समेत भएको पाईएको छ ।

सिंगोलको पिपलटार हिमाल आधारभुत विद्यालयको माथिबाट ११ हजार भोल्टको तार पनि  हटाएकोछ ।
हाइभोल्टेज भएको बिधुतको तार बिद्यालयको छत माथिहुदा भोगीरहेको समस्या पनि अहिले समाधान भएको हिमाल आधारभूत बिद्यालयका प्रधानाध्यापक खडकाले बताए ।

त्यस क्षेत्रमा भोल्टेज वृद्धिको लागि भएको सामुहिक पहल पछि शुक्रबार बेलुका देखि थप ट्रान्सफर राख्ने कार्य अगाडि बढेको छ ।
सो कार्यप्रति स्थानीयले सामाजिक अभियान्तालगाएत  नेपाल विधुत्त प्राधिकरण वितरण केन्द्र सिमरा र उप-वितरण केन्द्र निजगढलाई  धन्यवाद दिएको छ ।

अबभने बल्ल बिधुत को महसुल तिरेको अनुभूति हुने भएको पिपलटारको स्थानीय रामलाल जिम्बाको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित