बारा । संविधान दिवसको अवसर पारेर बारा निजगढ-१३ का जुनतारा युवा क्लबले सरसफाइ र दिपप्रज्वलन गरेको छ ।
मुलुकमा गणतन्त्र आम जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोहि आन्दोलनको बलमा प्राप्त व्यवस्था मार्फत गठीत संविधानसभाले नेपालको संविधान २०७२ जारि गरेकोले संविधान दिवस आम जनताको दिवस भएको भन्दै सबैले हर्षोल्लासका साथ मनाउने सिलसिलामा जुनतारा युवा क्लबले विभिन्न कार्यक्रम गरी मनाएको हो ।
देशको मूल कानुन संविधान घोषणा भएको दिनको अवसर पारेर आयोजित कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले संविधानप्रदत्त अधिकार प्रयोग गर्दै विभिन्न सामाजिक संघ/संस्था र आम नागरिकले विभिन्न क्षेत्रबाट समृद्ध गाउँ र वडाको लागि प्रदान गरिरहेको योगदानको वडाले कदर गर्ने बताए ।
वडा अध्यक्ष घलानले स्थानीय सरकारको नेतृत्व गरेको हैसियतले नागरिकको मौलिक हक कार्यान्वयन गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तैगरी नेपाली जनताको शक्ति र बलिदानीबाट प्राप्त संविधानसभाबाट बनेको संविधानको पालना गर्नु सबै नागरिकको जिम्मेवारी रहेको हुदा उक्त दिनको अवसर पारेर खुसीयाली स्वरुप कार्यक्रम गरिएको जुनतारा युवा क्लबका अध्यक्ष खुशिलाल थिङ्गले बताए ।
त्यस्तैगरी क्लबका सचीव उमेश घलानले मुलुकमा गणतन्त्र आम जनताको आन्दोलनबाट प्राप्त भएको बताउदै संविधान दिवसको शुभकामना व्यक्त गरे । उनले मौलिक हकका महत्वपूर्ण कानूनहरु बन्दैछन्, भन्ने संचार माध्यममा आईरहेको परिस्थिति पहिलेभन्दा परिवर्तन भएको र त्योई भएर सबै जना मिलेर अगाडि बढ्न जरुरी रहेको बताए । त्यस्तैगरी उता डम्बरपुर स्थित फ्याफुल्ला युथ क्लबले पनि संविधन दिवस मनाएको छ । दिवसको अवसरमा फ्याफुल्लाले आयोजना गरेको सरसफाई कार्यक्रममा (आमा समुह), (बाल क्लब) र विभिन्न सामाजिक आभियान्तहरुको सहभागीता रहेको फ्याफुल्ला क्ल्बका एक सदस्यले जानकारी दिए । उनको अनुसार फ्याफुल्ल क्लबद्वारा आयोजित कार्यक्रम क्लबका अध्यक्ष प्रताप घलानको नेतृत्वमा भएको थियो ।






















Discussion about this post