बारामा विभिन्न कार्यक्रम गरी मनाइयो संविधान दिवस

385
SHARES
507
VIEWS

दिपेन्द्र जयसवाल/बारा । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपालमा यो दिनको विशेष महत्व छ । यो दिन प्रत्येक वर्ष असोज ३ गते मनाइन्छ, नेपालको संविधानको ऐतिहासिक घोषणालाई सम्झना गरि यस दिनलाई मनाइन्छ । देशको लोकतन्त्र, र कानूनी राज्यको आधारलाई महत्त्व दिन यो दिन भब्य रुपमा मनाइन्छ ।

आज विभिन्न सरकारी, गैरसरकारी र शैक्षिक संस्थानहरूमा कार्यक्रमहरू आयोजना गरी मनाइदैछ , जसमा संविधानको महत्व, त्यसको कार्यान्वयन, र नागरिक अधिकारका बारेमा छलफल गरिने जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहले जनाए ।

सभापति साहले १० औ संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजित प्रभातफेरी, बृहत् सरसफाई तथा वृक्षारोपण कार्यक्रममा सक्रिय सहभागित जनाउनु भएका विभिन्न राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि , प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी प्रमुख ,सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना लगायत सुरक्षा निकायका प्रमुख ,सहायक प्रमुख जिल्ला अधिकारी, विभिन्न सरकारी तथा सार्वजनिक कार्यालयका प्रमुख तथा राष्ट्र सेवक कर्मचारीहरु, कर्मचारीहर तथा अन्य सञ्चारकर्मीहरु, विभिन्न विधालयका प्र.अ.. शिक्षक/शिक्षिका तथा विधार्थी लगायतकाले आफ्नो धारणा राखेका थिए ।

सहभागीहरु सबैले नेपालीहरुको गौरव गर्ने दिन हो, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको ऐतिहासिक दिनलाई हर्षोउल्लाहसका साथ मनाउन आग्रह गरेका छन । आ-आफ्ना कार्यालयहरुका छत. बरण्डा तथा परिसरमा राष्ट्रिय झण्डा फहराऔ साथै घरघरमा दीप प्रज्जवल गरी दीपावली गर्न समेत सबैको जोड थियो। सञ्चार माध्यमबाट पनि संविधान दिवस तथा राष्ट्रिय दिवससंग सम्बन्धित सन्देशमूलक तथा जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरी राष्ट्रिय दिवसलाई सफल बनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराको प्राङ्गणबाट निस्केको प्रभातफेरी नगर परिक्रमा गरि सिदेस्वर मन्दिर प्राङ्गणमा सरसफाइ गरि बृछारोपण गरि सम्पन्न भएको थियो ।
उक्त अवसरमा बाराका प्रजिअ शशिधर घिमिरे सहित सबै सुरक्षा निकायका प्रमुख,विभिन्न कार्यालयका प्रमुख सहित समाजसेविहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित