रास्वपा बाराका सभापति स्वर्णकार पदमुक्त : सभापतिमा ४ जनाको आकाङ्क्षी

405
SHARES
533
VIEWS

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापती चन्दन स्वर्णकारलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेको छ । उनलाई अनुशासनको कारबाही स्वरुप पार्टीको जिम्मेवारीबाट हटाइएको हो । पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले करिब १५ दिन अगावै पार्टीको प्रदेश कार्यसमितिले उनको जिम्मेवारी हेरफेर गरेको जानकारी दिए । चन्दनमाथि पार्टी केन्द्रीय अनुशासन आयोगमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको तथा नशालु पदार्थ सेवन गराइ करणी गरेकोभन्दै पार्टी केन्द्रीय समितिमा उजुरी परेको थियो । उक्त उजुरीउपर अनुशासन समितिले पार्टी उपसभापति डीपी अर्यालको समेत उपस्थितिमा छलफल गरेको थियो । छलफलमा ती महिलासहित जिल्लाका लगभग २० जना पार्टी पदाधिकारीहरू तथा साधारण सदस्यहरू पनि राखिएको अनुशासन आयोगले बताएको छ । अनुशासन समितिले ‘उक्त विषय फौजदारी न्यायको विषय भएको र अनुशासन आयोगको क्षेत्राधिकारभित्रको विषय समेत नभएको’ ठहर गरेको थियो । यस्तै चन्दनको आचरण राजनीतिक प्रकृतिको नभएको र सीमा क्षेत्रमा अवैधानिक रूपमा पैठारीको काममा संलग्न रहेको आरोप पनि लागेको थियो । जसमा अनुशासन समितिले ‘स्वर्णकारको के कमजोरी छ भन्नका लागि यथेष्ट आधार र प्रमाण देखिएको र उक्त काममा संलग्न रहेको’ उल्लेख गरेको छ । यस्तै उजुरीकर्ता महिलाको आचरण तथा व्यवहारका सम्बन्धमा विचार गर्दा निजको आचरण समेत राजनीतिक रूपमा स्वीकारयोग्य नभएको अनुशासन आयोगले निष्कर्ष निकालेको छ । अनुशासन आयोगले चन्दन स्वर्णकारलाई पार्टी विधान विपरीत कारबाही गर्न र एक वर्षका लागि साधारण सदस्य समेत नरहने नगरी अनुशासन आयोग नियमावलीको नियम ५ बमोजिम साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको उल्लेख छ ।
को होला अबको बाराको सम्योजक
आकाङ्क्षीहरु : गणेश धिमाल प्रत्यासी क्षेत्र नम्बर १ का उमेदवार, पवन चौधरी प्रत्यासी क्षेत्र नम्बर ४ का उमेदबार, युवराज न्यौपाने बरा सिमरा का क्षेत्रीय सभापति, बद्री अधिकारी र प्रदेश सदस्य बिनोद यादब उनी हाल बिबादित छन
बिशेश सूचना अनुसार भदौ २२ गते शनिबार उक्त पदकालागी विषेश बैठक बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित