युएसाईडीद्वारा जल वन मानव वन्यजन्तु सह-अस्तित्व सम्बन्धि अभिमुखीकरण

388
SHARES
511
VIEWS

बारा । अमेरिकन संस्था युएसआईडीद्वारा  स्थानीय जनसमुदाय र सामुदायिक वनका पदाधिकारीहरुसंग वन जल मानव   वन्यजन्तु सह-अस्तित्व सम्बन्धि सम्बन्धि एक दिने अभिमुखीकरण गरिएको छ । बाराको निजगढ वडा नम्बर १२ कोलगाउँ स्थित रहेको पशुपति सामुदायिक  वनको सहकार्यमा सो अभिमुखीकरण मंगलबार  आयोजना गरिएको हो ।
वन र वन्यजन्तु संरक्षण सम्बन्धि स्थानीयलाई सुसुचित गर्न अभिमुखीकरण गरिएको प्रशिक्षण अर्जुन खनालले जनाए । वन र वन्यजन्तुको संरक्षणमा टेवा पुग्ने मक्सदले अभिमुखीकरण कार्यक्रमको अयोजना गरिएको थियो । यस अभिमुखीकरण कार्यक्रमले संरक्षणमा अवश्य पनि टेवा पुर्‍याउने विश्वास छ । वन र वन्यजन्तुको संरक्षणको लागि ऐन कानुन छन । त्यतिले मात्र हुदैन, समुदाय स्तरबाट अपनत्वको भावना हुनुपर्छ वन बन्यजन्तु जोगई राख्न । अनि मात्र वन र वन्यजन्तु संरक्षणमा मद्दत पुग्छ । सामुदायिक वनमा आम स्थानीय आश्रित रहेकाले पनि वन जंगल र जनावरको माया गर्नु पर्छ । वन जंगल जोगाउनु हाम्रो दायित्व हो । हाम्रा वरपर रहेका वनजंगलको संरक्षणमा चासो देखाउनु हामी सबै दायित्व हो । जैविक विविधता संरक्षण किन गर्ने र यसको महत्वको बारेमा प्रशिक्षण अर्जुन खनालले प्रशिक्षण गरेका थिए । जैविक विविधतामा नेपाल एसियाको ११ औं र विश्वको २५औं देशमा पर्छ । हामी जैविक विविधतामा धनी छौं । जैविक विविधताले हामीलाई विश्वमा चिनिएका छौं त्यसैले संरक्षणमा ध्यान दिन आवश्यक छ । वन र वन्यजन्तुको संरक्षणको लागि अब समुदायले अपनत्व ग्रहण गर्नुपर्छ । सरकारले समुदायका मानिसका लागि आम्दानी गर्ने जस्ता नीति बनाएर कार्यक्रम ल्याए वन र वन्यजन्तुको संरक्षण प्रभावकारी हुने हुने छ । अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिमा सहभागी भएका पशुपति सामुदायिक वन समितीका अध्यक्ष धनबहादुर खुलाल, प्रशिक्षक अर्जुन खनाल, सहज कर्ता ज्योति धमला, धारापानी सामुदायिक वन समितिका अध्यक्ष एवम संचारकर्मी उमेश घलान, वन संरक्षण हेरालु जगत बल र पशुपति सामुदायिक वनका कार्यसमितिका पदाधिकारीहर र स्थानीयहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित