पत्रकार महासङ्घको निर्वाचन असोज ५ गते

386
SHARES
508
VIEWS

बारा । नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ ।
आइतबार अध्यक्ष विपुल पोख्रेलले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन ।
“महासङ्घको सबैखाले अभियानमा महत्त्वपूणर्ण साथ, सहयोग र रचनात्मक ऊर्जा दिने सबै साथीहरूप्रति आभार प्रकट गर्दै मिति २०८१ असोज ५ गते महासङ्घको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँदछु,” अध्यक्ष पोख्रेलले विज्ञप्तिमा भनेका छन् ।
उनले निर्वाचन सम्पन्न गर्नका लागि सबैले रचनात्मक सहयोग गर्न अपिलसमेत गरेका छन् ।
यसअघि पनि महासङ्घले निर्वाचनका लागि पटकपटक मिति तोकिएको थियो तर, हुन भने सकेन ।
सदस्यता शुद्धीकरणको भुमरीमा फसेको महासङ्घका लागि यो निर्वाचन ‘महाभारत’ बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित