भक्तलाल । बारा जिल्लाको ग्रामीण क्षेत्रमा कोदो उत्पादनतर्फ किसानको आकर्षण बढेको छ । कोदोको महत्वको बारेमा किसानमा थोरै भए पनि जानकारी भए पछि किसानहरु कोदो प्रतिको आकर्षण बढेको हो। पहिला पहिला उत्पादित कोदोको उचित बजारीकरणको अभाव लगायतका समस्याका कारण करण कोदो उत्पादन गर्ने कार्यको घटेको थियो। बारा निजगढ नगरपालिका-१३ भक्तलाल गाउँका स्थानीय किसानहरुको घरमै पुगेर कोदो किन्नका लागी कोदो प्रेमिहरु पुग्न थाले पछि किसानले कोदोमा चासो देखाएको हो । पहिला पहिला यस क्षेत्रमा उत्पादन भएको कोदो पनि गाई गोरुलाई खुवाउथ्यो । अहिले निजगढ़-१३ का किसानहरु कोदोको व्यपक खोजी हुन थालेको छ । शहरमा पनि कोदोको पिठोको महत्व बढदै गएको छ । भने गाउँमा पनि यसको बारेमा वड़ा र नगरपालिकाले रैथाने बालीको प्रबर्द्धन भन्ने नाराका साथ निशुल्क कोदो विउ बितरण गरेपछि किसानहरु कोदो प्रति आकर्षण भएका हुन । यस क्षेत्रमा अन्य बाली भन्द मकैलाई मुख्य खाद्यान्न बालीको रुपमा उत्पादन हुने गरेकोमा अहिले मकै संगै कोदो पनि पकड क्षेत्र बन्ने देखिएको । पछिल्लो समयमा मकै यस भेगमा मकै भन्द कोदो उत्पादन हुने देखिन्छ । केहि वर्ष देखि यता कोदो खेती गर्ने कार्य किसानका लागि आफैलाई घृणाको खेती जस्तो भएको थियो ।
किसानहरु कोदोको बहेक अन्य अन्नबाली र तरकारी खेती गर्न थालेका थिए । स्थानीय सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा उत्पादित केहीलाई रानीतिक रुपमा बजारीकरण गर्नसके किसानलाई कोदो उत्पादनतर्फ अझ बढ़ी आकर्षित गर्न सकिने स्थानीयको भनाइ छ । बारा जिल्लाका स्थानीय तहहरुमा पनि कोदो उत्पादन बुद्धि गर्न र उत्पादित कोदोको बजारीकरणाका लागी उपयुक्त योजना निर्माण गरेर कार्यान्वयन गरेको पाईदैन । बारा जिल्लाका उत्तरी क्षेत्रमा धेरै जसो कोदोलागी योग्य जमिन रहेका छन ।






















Discussion about this post