प्राधिकरण पुगे, विधुतिय समस्या लिएर सामाजिक अभियान्ता दंगालको टोली

418
SHARES
550
VIEWS

बारा । विद्युतीय क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि निजगढका समाजसेवी सामाजिक अभियान्ता रविराज दंगालको टोलिले विद्युत प्राधिकरण सिमराका प्रमुख रुमेश रुपाखेतीलाई ज्ञापन पत्र संगै ध्यानाकर्षण  हुन आग्रह गरेको छ । बुधबार दंगाल नेतृत्वको टोलीले विधुत प्राधिकरण सिमराका प्रमुख रुपाखेतीलाई भेटेर ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउँदै नेकपा माओवादी (केन्द्र) का मधेस प्रदेश कमिटी सदस्य समेत रहेका युवा नेता दंगालले बाराको उत्तरी क्षेत्रमा लामो समयदेखि विद्युतीय समस्या देखिएकाले समाधान गर्न आग्रह गरेको छ । वषौँदेखि विद्युतीय समस्याका कारण यस क्षेत्रका जनता विद्युत समस्या खेप्नु परिरहेका छन् । माओवादी केन्द्रका युवा नेता दंगालले क्षेत्र निजगढ अन्तर्गत ३ वटै क्षेत्रको विद्युत समस्याको समाधान गर्न कार्यालय प्रमुख रुपाखेतीलाई भेटेर आग्रह गरेको हो । ज्ञापन पत्रमा ट्रान्समिटर विस्तार, शव स्टेशन, २ बाट ३ भोल्टेज क्षमता विस्तारलगायत आवश्यकता अनुसार पोल राखेर कुनै पनि बस्ती अँध्यारोमा बस्नु नपर्ने गरी समस्याको समाधान गर्न सो टोलिलेले प्राधिकरणसँग आग्रह गरेका थिए । नेता दंगालको नेतृत्वमा निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य फुलमाया घलान, नेकपा माओवादी (केन्द्र) निजगढ नगर उपाध्यक्ष धनबहादुर खुलाल, छिरिङ बल, समाजसेवी सन्जिव लोप्चन, गायक प्रतीक भोलोन, युवा ईश्वर सापकोटालगायतका सामाजिक अभियान्ताहरुको सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित