कोल्हवी नगर प्रमुख चौधरीद्वारा जमुनी खोलामा झोलुङ्गेको पुल उदघाटन

388
SHARES
510
VIEWS

बारा । बारा जिल्ला कोल्हवी नगरपालिका वडा नम्बर १० बरेवा जमुनी खोलाको झोलुङ्गेको पुल नगर प्रमुख रामप्रसाद चौधरीले उदघाटन गरेको छ । नगरपालिकाको १० नम्बर वडा अन्तर्गत पर्ने जमुनी खोलामा ७० लाखको लागतमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भैइ आज वुधवार उदघाटन भएको हो ।
झोलुङ्गे पुल सम्पन्न भए संगै अब बर्षौ देखि बाँसको लच्काबाट खोला वार पार गर्दै आईरहेका अनि जोखिम पनि उत्तिकै रहेको कोल्हवी-१० का जनताहरुले भने त्यो झन्झटबाट मुक्ति पाएको छ । झोलुङ्गे पुल निर्माण सम्पन्न भए संगै बरेवा र बारा बजार आउ जाउ गर्न सहज हुने कोल्हवी १० का वडा अध्यक्ष कुण्जबिहारी चौधरी बताउछन । उदघाटन कार्यक्रममा कोल्हवी नगरपालिकाकी उप-प्रमुख लक्ष्मीकुमारी चौधरी, कोल्हवी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष कुण्जबिहारी चौधरी, तामागढी साझेदारी वन ब्यबस्थापन समितिका अध्यक्ष रबिन्द्र पनुहर, नेपाली काङ्ग्रेस कोल्हवी नगर कमिटिका सभापती बिरेन्द्र प्रसाद चौधरिलगायत स्थानीयहरुको सहभागी  रहेका थिए । सो अवसरमा बरेवा गाउँका फुटबल खेलाडीहरुलाई नगर प्रमुख चौधरीले २ थान फुटबल पनि हस्तान्तरण गरेका थिए । कोल्हवी नगरपालिकामा यो दोस्रो र सबैभन्दा बढी लागतमा निर्मित झोलुङ्गे पुल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित