पचरौता नगर प्रमुख सिंहद्वारा आधुनिक दन्त अस्पताल सेवाको उदघाटन

385
SHARES
506
VIEWS

दिपेन्द्र जयसवाल/बारा । बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बेनौली स्थित अन्तराष्ट्रिय स्तरको दन्त अस्पताल तथा फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ । छोटो समय मै गतिलो रूपमा बिकास निर्माण कार्यमा फड्को मार्न सफल भएका कारण नाम कमाउन सफल बारा कै उत्कृष्ट नगर प्रमुख जलन्धर सिंहले उक्त अस्पतालको शुक्रबार एक समारोहका बीच उदघाटन गरेका हुन् ।

दन्त तथा फिजीयोथेरेपी सेवा सुरु भएसँगै महँगो शूल्क तिरेर कलैया, वीरगञ्ज, मोतिहारी जाने समस्याबाट अब पचरौता बासीले छुट्कारा पाउने नगर प्रमुख सिंहको विश्वास रहेकोछ । अस्पतालमा आधुनिक तथा गुणस्तरीय मेसिन र अन्तराष्ट्रिय स्तरको तालिम र ख्याती प्राप्त विशेषज्ञबाट दन्त तथा फिजियोथेरेपी सेवा प्रदान गराइने उनले बताए ।
नगर प्रमुख सिंहले पचरौता नगरबासीहरुको माग अनुसार सेवा सञ्चालनमा ल्याइएको बताउँदै भने, ‘यहाँ दिनहु दन्त तथा फिजियोथेरेपी सेवाको माग गर्दै स्थानीयहरु आउनुहुन्थ्यो ।


पचरौता लगायत आसपासका ग्रामिण क्षेत्रका जनतालाई सहज रुपले दन्त सेवा प्रदान गर्ने उद्देश्यका साथ डेण्टल हस्पिटल तथा फिजियोथेरापी सेवाको शुभारम्भ गरिएको उनले बताए । शुभारम्भको अवसरमा निःशुल्क दन्त परीक्षण तथा फिजियोथेरापी सेवा स्थानीयहरुलाई प्रदान गरिएको पनि नगर प्रमुख सिंहले जानकारी दिदैं डेण्टल तथा फिजियोथेरापी सेवामा पचरौताका जनतालाई सहज र शुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने दाबी गरे । यसैगरी पालिका भित्रका जेष्ट नागरिकहरुलाई यो सेवा नि:शुल्क प्रदान गरिने समेत बताए ।
उल्लेखनीय संख्यामा उपस्थित भएका स्थानीय नगरबासिलाई सम्बोधन गर्दै मेयर सिंहले अगामी दिनमा पनि जनताको हकहितका लागि सुविधा सम्पन्न अस्पताल निर्माण, सिचाईको लागि जमुनी नदीको कच्ची बाँध निर्माण, सामुहिक विवाहको आयोजन, स्वच्छ खानेपानी, शिक्षामा गुणस्तर, लैङ्गिगक बिभेदिकरणमा सुधार जस्ता कार्यक्रमहरुलाई अगाडि बढ़ाइने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा बिशिष्ट अतिथि नगर उप प्रमुख नसीमा खातुन, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, जिल्ला प्रहरी कार्यालय प्रमुख महेन्द्र खडका, संबिधान सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य बलबीर चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष मकबूल मियाँ अंसारी, वडा नम्बर ८ का वडा अध्यक्ष प्रेमकुमार चौधरी, वडा नम्बर ९ का वडा अध्यक्ष गगनदेवप्रसाद यादव, सुरेश यादव लगायतले मन्तब्य राखेका थिए।
प्रमुख प्रशासकीय अधिकृत गौरी साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी यादवले सञ्चालन गरेका थिए भने कार्यक्रममा नेकपा एमाले बाराका उपाध्यक्ष भुलन चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष बनारसी बिन, वडा सदसयहरु, शिक्षा शाखा प्रमुख पण्डित त्रिपाठी, शिक्षा सहायक मुकेश कुमार सिंह, पिपरपाती माविका प्रधानाध्यापक रामानन्द साह, कुड़वा माविका प्रधानाध्यापक सबिन्द्र सहनी, रोशन यादव, भैया राम सहनी, नेवाजी मियाँ अंसारी, गयासुदीन अंसारी, इंताज अंसारी, अजय चौद्यरी, जंग बहादुर यादव, अच्छे लाल यादव, सोनालाल मुखिया, बिभिन्न शाखाका प्रमुखहरु, सुरक्षाकर्मी, नगर प्रहरी, पत्रकार लगायत स्थानीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित