बागमती प्रदेशका मुख्यमन्त्री तामाङ्गलाई बारा घेदुङ्गले दिए मन्त्रालयमै पुगेर बधाई

397
SHARES
523
VIEWS

बारा । बिहिबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ्ग)लाई बाराका तामाङ्ग घेदुङ्ग कार्यसमितिका पदाधिकारीहरुले मन्त्रालयमै पुगेर बधाई दिएको छ । बिहीबार घेदुङ्गका नगर अध्यक्ष, वडा र पुर्व वडा अध्यक्षहरुले हातमा माला र खादा लिएर गएका थिए । उनहरुले सफल कार्यकालको लागि शुभकामना दिए भने मायाको चिनो समेत हस्तान्तरण गरेका थिए । बागमती प्रदेशले तामाङ्ग समुदायबाट मुख्यमन्त्री पाएर इतिहास रचेको छ । मुख्यमन्त्री तामाङ्ग नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता समेत हुन ।
तामाङ्गले नेकपा एमाले र कांग्रेसका ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले साउन ६ गते दुई दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । कांग्रेस र एमाले बराबर हैसियतमा बागमती सरकारमा सामेल भएको हो  । बागमती प्रदेशमा पहिलोपटक नेपाली कांग्रेसबाट देशमै पहिलोपटक तामाङ समुदायले मुख्यमन्त्री पाएको हो ।
संघीयता कार्यान्वयनको सात वर्षपछि संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा पहिलो पटक कांग्रेसले र तामाङ्ग समुदायले सत्ताको नेतृत्व पाएको हो ।
नुवाकोटको किस्पाङका स्थायी बासिन्दा तामाङ्ग दोस्रो संविधान सभाका सदस्यसमेत हुन् । तामाङ्ग बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका रुपमा नियुक्त भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र तामाङ्ग एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
२०७४ माघ २८ मा डोरमणि पौडेल बागमतीको पहिलो मुख्यमन्त्री बनेका थिए । पौडेल मुख्यमन्त्री रहेकै बेला नेकपामा विवाद उत्पन्न भयो । २०७८ भदौ २ मा पौडेलले राजीनामा दिएसँगै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिन् ।

एमाले विभाजित भएपछि १३ सांसदले एकीकृत समाजवादी पार्टी रोजे । सरकार अल्पमतमा परेसँगै २०७८ कात्तिक १० शाक्यले पद त्यागिन् । केन्द्रमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीलगायतका दलको गठबन्धन बन्यो । २०७८ कात्तिक ११ मा एकीकृत समाजवादीका दलका नेता राजेन्द्र पाण्डे ४ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
२०७९ मंसिरमा भएको चुनाव लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग तालमेलमा नयाँ सरकार बनाएसँगै बागमतीमा माओवादीका शालिकराम जमरकट्टेल २०७९ पुस २५ मुख्यमन्त्री बनेका थिए ।

संसदको पहिलो दल भएर पनि कांग्रेस सत्ता नेतृत्वमा पुग्न सकेको थिएन ।
तर यही असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमतिपछि पहिलो पटक कांग्रेस बागमतीको नेतृत्वमा पुगेको हो ।

को हुन् मुख्यमन्त्री तामाङ्ग ?

बुवा स्वर्गीय दिपबहादुर लामा तामाङ र आमा स्व पूर्णिमाया तामाङको कोखबाट २०२७ कार्तिक ८ गते नुवाकोटको किस्पाङ्ग गाउँपालिका–५ मनकामनामा सामान्य परिवारमा उनको जन्म भयो। सानै उमेरदेखि हक्की स्वभावका लामाले गाउँकै स्कुलबाट निमावि, सदरमुकाम विदुरबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन गरेका छन् । तामाङ्ग राजनीतिसँगै निर्माण व्यवसायमा पनि संलग्न थिए ।
२०४३ सालदेखि नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको सदस्य हुँदै तामाङ्ग नेविसंघ शंकरदेव क्याम्पस इकाई सदस्य, २०४५ मा नेविसंघ नुवाकोट क्षेत्रीय सभापति, जिल्ला उपसभापति बनिसकेका थिए ।
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गाविस अध्यक्षमा निर्वाचित लामा कांग्रेसका केन्द्रीय सदस्य हुन् ।
२०६४ सालमा नुवाकोट क्षेत्र नं.३ बाट संविधानसभा सदस्यमा पराजित भएका तामाङ्गले २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी (हालको नेकपा माओवादी केन्द्र)का महासचिव पोष्टबहादुर बोगटीलाई पराजित गरेर संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
तामाङ्ग २०७४ सालमा प्रतिनिधिसभा सदस्य तथा २०७९ सालमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
यसअघि उनले बागमती प्रदेशको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित