बारा । बाराको निजगढ-१३ मा फेरी पनि जंगली हत्तीको बथान नै गाँउ पसेपछि स्थानीयहरु भयभित बनेकाछन् । निजगढ-१३ डम्बरपुर स्थित दिपक न्यौपानेको जग्गामा लगाएको केरा बालीमा हत्तीको समुहले क्षती पुर्याएको छ । गएराती आएको हात्तीको बथानले केरा खेती आसपासमा रहेका तीन कित्तामा लगाएको मकै खेतीमा समेत क्षती पिर्याएको छन । अन्दाजी केरा खेतीमा १२ कठ्ठा र मकै बालीमा १ बिगाह सकाप बनाएको । राती ९ बजेतिर आएको हात्तीको बथानले जग्गामा लगाएको पर्खाल पुर्ण रुपमा भत्काएर मकै र केरा बाली नष्ट गरेको छ । निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानका अनुसार यस क्षेत्रमा बारम्बार हात्ती आंतक रहेको छ । तुअस्तैगरी राती नै हात्ती आएको थाहा पाए संगै वडा नम्बर १३ का वडा अध्यक्ष घलानले पर्सा राष्ट्रिय निकुञ्जका वन रक्षक र कर्मचारीलाई खबर गरेका थिए । तर निकुञ्जमा कार्यरत कसैको पनि ध्यानाकर्षण नभएको वडा अध्यक्ष घलानले बताए । निकुञ्जका कर्मचारीहरुले तदारुकताका साथ हेरिएको भए यति धेरै क्षेती नहुने वडा अध्यक्ष घलानले दावी गरे । हात्ती गाउँ पस्न थालीसंगै स्थानीयहरु भयभित र त्रसित बनेकाछन् ।
केहि समययता दमकको वडा नम्बर ११ रतनपुर क्षेत्रमा जंगली हात्तीबाट प्रताढित वाडको रुपमा देखिन थालेको छ । दिनहुजसो हात्तीहरु आउन थालेपछि स्थानीयहरु नदिइ हात्ती रुघेर बस्नु पर्ने अवस्था रहेको स्थानीयहरु बताउछन् ।
वडा नं. १३ का वडाध्यक्ष सुर्य घलानका अनुसार हात्ती धपाउनका लागि जाग्राममा नै बस्नु पर्ने अवस्था आउन थालेको बताएको छ । बेलुका साँझ परे पछि हात्तीका बथानहरु आउने गरेकाछन् ।
नजिकै पर्सा राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र रहेका कारण दिनको समयमा पनि आउन सक्ने भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी रहेको बताए । त्यस्तैगरी रतनपुरी सवडिभिजन वन कार्यालयक वन कर्मचारी हरेन्द्र प्रसाद कुशवाहका अनुसार हात्तीको “छावा” बच्चा रहेकोले यति धेरै क्षति गरेको बताएको छ । यस क्षेत्रमा हाती आएसंगै स्थानीय सर्वसाधारणलाई वन जंगलमा जादा होशियार अपनाउन अनुरोध गरेको छ । हत्ती आउन थालेपछि स्थानीयहरु बनमा घाँस दउरा जान समेत डराउनु पर्ने अवस्था आएको छ ।





















Discussion about this post