नेपाल प्रहरी श्रीमती संघको ४० औ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

383
SHARES
504
VIEWS

दिपेन्द्र जयसवाल/महागढीमाई । नेपाल प्रहरी श्रीमती संघको ४० औ बार्षिकोत्सवको अवसरमा बाराको कलैयामा बृहत् रक्तदान कार्यक्रम आयोजन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाराले आफ्नै प्राङ्गणमा सो कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल प्रहरी श्रीमती संघ एक गैर-लाभकारी संस्था हो जुन नेपाल प्रहरीका कर्मचारीहरूको श्रीमतीहरूले स्थापना गरेको थियो । यस संघको मुख्य उद्देश्य प्रहरी परिवारहरूको सामाजिक, आर्थिक, शैक्षिक, र सांस्कृतिक विकासमा योगदान पुऱ्याउनु रहेको बारा प्रहरी उपरीक्षक खड्काले बताए । कार्यक्रममा प्रहरी उपरीक्षक खड्‌काले “संघले बिपतिमा परेका बर्ग, दलित, असहाय, गरिब, बिपन्न बर्गलाई आवश्यक राहत सहयोग सङ्गै बालबालिकाको शिक्षामा समेत सहयोग
गर्दै आएको बताए । संघका गतिविधिहरूमा शिक्षा, स्वास्थ्य, आयमूलक, कार्यक्रमहरू र अन्य सामाजिक सेवाहरूको आयोजना समावेश हुन्छन् । यस संघले प्रहरी परिवारहरू बीचको समु‌दाय-प्रहरी साझेदारी एकता र सहयोगलाई प्रोत्साहन गर्दछ” उनले भने ।
४० औ बार्षिक उत्सवको अवसरमा अमृता ता अनाथालयमा राहत वितरण, १५० फलफुलका बिरुवा मातहतका कार्यालयको प्राङ्गणमा बृछारोपण समेत गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनाए । उक्त रक्तदान कार्यक्रममा स्थानीय जनता तथा नागरिक समाजसेवी र प्रहरी कर्मचारी गरी ३२ जनाले रक्तदान गरेको सामुदायिक प्रहरी शाखाका ईन्चार्ज रन्जन साहले जानकारी गराएका छन । सामुदायिक प्रहरीको आयोजनामा जिल्लामा विभिन्न समाजिक कार्य, जनचेतनामूलक कार्य, लागू औषध दुर्बयव्यशन रोकथाम, अस्लिलता बिरुद्द कार्यक्रम हरु भैरहेको साहले जनाए । प्रादेशिक अस्पताल कलैयाका डाक्टर पिपेश श्रेष्ठ, डाक्टर शेख गुल, प्रादेशिक अस्पताल कलैयाका ल्याब ईन्चार्ज शेख फुलमहमद, रक्त सन्चार केन्द्र कलैयाका ल्याब टेक्निसियन नाजदा खातुन, ल्याब असिस्टेन्ट कृष्ण यादव, ल्याब असिस्टेन्ट राजाबाबु गुप्ता, महिला संजाल बाराकी अध्यक्ष बबिता जयस्वाल, नेपाल रेडक्रस सोसाइटी बाराका उदय नेपाल लगायतकाको उपस्थिति रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित