कोल्हवीको दुई जना लागु औषध सहित पर्सामा पक्राउ

391
SHARES
515
VIEWS

कोल्हवी/बारा । बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर ७ बस्ने दुई जनालाई पर्सा प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ बर्षिय अनिल पौडेल र २० बर्षिय प्रेरणा पौडेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १६, ईनर्वागाउँस्थित सडकखण्डमा शंका लागेर चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
भारतको रक्सौलबाट नेपालतर्फ पैदल आई रहेको अवस्थामा शंका लागेपछि प्रहरीले उनीहरूलाई रोकेर चेकजाँच गर्दा कालो जेब्राझोलाभित्र लुकाई झिपाई दुई सय ९४ पिस Nitravet-10 लेखिएको प्रतिबन्धित लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित