मालपोत कार्यालय कलैयाले यो बर्ष ३९ करोड भन्दा बढी राजस्व संकलन

392
SHARES
516
VIEWS

महेन्द्रप्रसाद सहनी/बारा । आर्थिक बर्ष २०८०/०८१ मा भुमी सुधार तथा मालपोत कार्यालय बारा कलैयाले विभिन्न शिर्षकबाट ३९ करोड १४ लाख ४६ हजार ९४ रुपैया राजस्व रकम संकलन गरेको छ । राजीनामा, बकस पत्र, दृस्टीबन्धक पारित बापत रजिस्ट्रेशन शुल्क १८ करोड ७० लाख १ हजार ९४ रुपैया राजश्व संकलन गरेको छ । त्यस्तै दा.खा, नामसारी, संशोधन, रोक्का बापत सेवा शुल्क मार्फत ५ करोड ८१ लाख ३९ हजार २ सय ४४ रुपैया संकलन गरीएको छ । पुजि गत लाभ कर बापत ११ करोड ४ लाख ८३ हजार ९ सय ४७ रुपैया र मधेस प्रदेश मुख्य मन्त्री स्वच्छता अभियान कार्यक्रमको लागि ३ करोड ५८ लाख २१ हजार ८ सय ९ रुपैया संकलन गरेको छ । यसमा रजिस्ट्रेशन शुल्कको रकमबाट ४० प्रतिशत रकम प्रदेश र ६० प्रतिशत रकम स्थानिय तहमा पठाउने गरीन्छ । मधेस प्रदेश मुख्य मन्त्री स्वच्छता अभियान कार्यक्रम र सेवा शुल्क बापतको रकम शत प्रतिशत प्रदेश सरकारमा जाने गर्छ र पुजीगत लाभकरको रकम केन्द्र सरकारमा जाने गरेको भुमी सुधार तथा मालपोत कार्यालय बारा कलैयाको सुचना अधिकारी सागर कुमार साहले जानकारी गराका छन् । यस्तै यति राजस्व संकलन भए पनि तामेली व्यवस्थापन मालपोत कार्यालयको आड्न व्यवस्थापन प्रतीक्षालयको व्यवस्थापनका लागि कुनै
पनि पालिकाले सहयोग नगरेको जानकारी गराइएको छ । त्यसै गरि भुमी सुधार तथा मालपोत कार्यालय बारा कलैयाको कार्यालय प्रमुख रमेश पौडेल आए देखि सेवा ग्राहीको सेवा प्रवाह छिटो छरितो र व्यवस्थित भएको मुदा फाटको नासु रामजी साहले जानकारी दिए । देशमा आर्थिक मन्दीका कारण गत बर्षको तुलनामा यो वर्ष धेरै कम राजस्व संकलन भएको जानकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित