दिपेन्द्र जयसवाल/महागढीमाई । हरेक वर्षको ५/५ बर्षको अन्तरालमा गढीमाई मेला लाग्ने गरेको छ । जसले गर्दा यस मेलालाई पन्चबर्षिय मेलाको पनि भनिन्छ जुन मेला र मन्दिर विश्व प्रशिध्द रहेको छ । यस मेलामा भक्तजनहरू आ-आफ्नो भाखल पुरा भएपछि विभिन्न किसिमको पशु बलि दिने गरेको धार्मिक परम्परा रहेको छ । तर बिगतको गढिमाई मेला देखि मेला तथा धार्मिक परम्परालाई निर्वाधरुपमा हमला हुदै आएको एक सामाजिक व्यक्तिले बताए । सोहि क्रममा पन्चबर्षिय गढिमाईको मेला यहि मंसिरमा लाग्ने भएकोले केहि तत्वहरु बिदेशीहरुको ईसारामा पुनः सक्रिय देखिएका उनको भनाई छ । उनिहरुले गढिमाईको महत्व घटाउन तथा धार्मिक परम्परा माथि हनन् पुर्याउदै शनिबार कलैया स्थित दरबार होटलमा सँचारकर्मिहरुसँग अन्तरक्रिया कार्यक्रम
सम्पन्न गरेका छन् । पशु कल्याण संघ नेपालले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा गढिमाई मेलामा सात्विक भोग चढाउँन आग्रह गरेका छन् । साथै नेपालका सर्वोच्च अदालतले पशु बलि दिनबाट रोक लगाएको र पशु बलिलाई लिएर बेला बेलामा पशु अधिकारकर्मीले समेत बिरोध गर्ने गरेकोले पशु कल्याणको लागी गढीमाई मन्दिरमा पशु बलिको निरुत्साहित गर्नमा भूमिका खेल्न सञ्चारमाध्यमलाई आग्राह गरिएको छ । अब प्रश्न चिन्ह कहाँ हुन्छ कि कि उक्त कार्यक्रममा सहभागी सँचारकर्मिहरु माछामासु खान्दैन? उक्त कार्यक्रमको आयोजना गर्ने आयोजकहरु माछामासु खान्दैन ? दिनहुँ गाउँ घर देखि शहर बजारमा माछा मासु बिक्री हुदैन ? जब बजारहरुमा माछामासु खुल्याम बिक्रि बितरण हुन्छ सहभागिहरु पनि माछा मासु खान्छन । त्यस बेला पशु कल्यान सँघ नेपाल कता हराएर बसेको होलान । मात्र विश्व प्रसिद्ध गढीमाई मेला लाग्ने बेलामा उनीहरु आँखाले पशु बलि निरुत्साहित गर्ने कार्यक्रममा किन गरेका होलान् भनि प्रश्न चिन्ह खडा भएको छ ।
यसको जवाफमा स्थानीयहरुसँग कुरा यि सँघ सँगठनलाई बिदेशी देशहरु डलरमा कार्यक्रम दिने गरेकोले हाम्रो गढिमाई मन्दिरको परम्परालाई धरासयी बनाउन कार्यक्रम गर्ने गरेका छन् । साथै सर्वोच्च अदालतले रोक लगाएपछि बिगतमा पशु बलि दिईएको थिएनन् भनि प्रश्न समेत गरेका छन् । न्यायालय होस वा बिदेशी डलर धार्मिक परम्परा रहिरहन्छ । भाखल पुरा भएपछि पन्चबर्षिय गढिमाईको मेला पशु बलि दिईन्छ । यस्तो बिदेशी डलर कति आउँछ कति जान्छ भनि महागढीमाई नगरपालिका वडा नं १ बस्ने जग्गा ठाकुरले बताएका छन ।





















Discussion about this post