दिपेन्द्र जयसवाल/महागढिमाई । बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर १० अमाव मठमा शुक्रवार भेला भई हदबन्दी जग्गा कब्जा गर्ने कार्यक्रममा बारा प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीको लाठीचार्ज बाट एक दर्जन भन्दा बढी मानिसहरु घाइते भएका छन् । भने ७ जना भन्दा बढी मानिस प्रहरीले पक्राउ गरेको छ ।
साहुकार अरबिन्द कुमार साह, सुधिर साह र दिलिप साहको करिब १६ बिघा खेत करिब २० बर्ष अघि देखि हदबन्दी सम्बन्धी सर्वोच्च अदालतमा मुद्दा बिचारधिन अवस्थामा रहेको जगाधनीले स्वयम् बताएको छ । पटक-पटक गरिबहरुले हकभोग गर्न पाउनु पर्ने भन्दै साझा जागरण अभियान बारा-सर्लाही ईन्चार्ज प्रकाश चौधरी, ने.क.पा माओबादी केन्द्र बाराका जिल्ला कमिटी सदस्य शिकेन्द्र कुशवाह, अर्का नेता शिवचन्द्र चौधरी लगायत ३ महिलालाई प्रहरीले पक्राउ गरेको छ भने भेला स्थलमै पुगेको प्रहरी टोलिले महिलाहरुको समूह माथी जथाभावी लठ्ठी प्रहार गर्दा एक दर्जन बढी मानिसहरु घाइते भएका छन ।
प्रहरीको निर्घात कुटपिट पछि घाइते हुनेहरुमा सुमित्रा माझी, उर्मिल्ला चौधरी, भुलनदेवी चौधरी, फुलकुमारी चौधरी, बतही माझी, रमिता देवि, जिवा देबि राम र फुल्मझिया माझीलगायत रहेका छन ।
कोल्हवीमा ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक किशान बस्नेत कार्यभार सम्हाले देखि नै यो अभियन्ता चलाउने माथी माओबादीको अन्दोलन भन्दै सुरु देखिनै टार्गेट गरी बसेका स्थानीयहरुको आरोप रहेको छ । सोही मौका छोपी खेतमा भएको गाउँले सँगको झडप छुटाउन खोज्ने बहाना गरी उनले नै बढी लाठी चार्ज गरेका छन् । साथै उक्त घटनामा आफ्नो रिस पोखेका घाइतेहरुले बताएका छन । त्यस्तै ईलाका प्रहरी कार्यालय कोल्हवीमा पक्राउ र घाईतेहरुलाई संचारकर्मीले भेट्न खोज्दा भेट्न समेत प्रहरीले घाईतेहरु भेट्न दिएका छैनन् । घाइतेसँग भेट्दा उनिहरुको चोटपटकको फोटो खिचि बाहिर ल्याउने डरले भेट्न नदिएको आरोप रहेको छ । यसरी मानव अधिकारको उल्लंघन गर्दै प्रहरीले नै गरिव माथी निर्घात कुटपिट हुदा पिडित महिलाहरुले आपत्ती समेत जनाएका छन । यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख महेन्द्र खड्काकासँग बुझ्दा ठुलो दुर्घटना नहोस भनी धेरै मात्रामा प्रहरी परिचालन गरिएको बताए । साथै पक्राउ गरीएको माथि मुद्दा दर्ता गरी मुद्दा दर्ता गर्ने समेत जानकारी दिए । जग्गाधनी साहका अनुसार आफुले उक्त घटना हुँदा सम्म प्रहरीमा कुनै उजुरी नदिएको र अब पक्राउ परेकाहरु माथी उजुरी दिने समेत बताएका छन । यसरी प्रशासन, प्रहरी र जग्गाधनिको सेटिङमा गरिब महिलाहरु माथि निर्घात कुटपिट हुँदा प्रहरीले अनुसन्धानको बिषय भएकोले सार्वजनिक गरेको छैन । सरकार परिवर्तन लगत्तै मान्छे नै मार्ने नियतले आफ्नो बचाउ गर्दै प्रशासनले गरेको यस्ता हर्कत नराम्रो भएको जानकारहरु बताउने गरेका छन् ।





















Discussion about this post