बागमती प्रदेश सभा सदस्य पुलामीद्वारा बकैया-१ आहाल डाँडामा विधुत प्रसारण उदघाट्न

407
SHARES
536
VIEWS

बसन्त लामा/सिगौल । मकवानपुर जिल्ला बकैया गाँउपालिका वडा नम्बर १ आहाल डाँडामा विधुत प्रसारण उदघाटन कार्यक्रम गरिएको छ ।
बागमती प्रदेश सभा सदस्य प्रेम पुलामी (छिन्तु) को प्रमुख आतिथ्यमा बिधुत प्रसारण लाईनको उदघाटन गरिएको हो ।
सो कार्यक्रममा बिशिष्ट अतिथि मकवानपुर जिल्ला सम्वनय समितिको सदस्य ललित घलान, बागमती गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री, बागमती गाउँपालिकाका अध्यक्ष सरकेस घलान रहेका थिए । त्यस्तै अतिथिहरुमा बकैया गाउँपालिका वडा नम्बर १ का आशिष तितुङ्ग, वडा नम्बर २ वडा अध्यक्ष बिश्वराज स्याङतान, गाउँपालिकाकी कार्यपालिका सदस्य कृपा माझि (लक्ष्मी) लगायत स्थानीय बुद्धि जीवि राजनीतिक संघ/सस्थाको पदाधिकारीहरु उपस्थिति रहेका थिए ।

आज शनिबारगरिएको उदघाटन कार्यक्रमबाट बकैया गाउँपालिका वडा नम्बर १ को आहाल डाँडा, धियाँल, नेवार डाँडालगयातको १५० घर धुरीका वासीन्दहरु लाभान्वित भएका छन ।
बकैया गाँउपालिकाको आहाल डाँडा, धियाँला डाँडा र नेवार डाडाँमा हाल विधुत प्रसारण लाईन पुगेको छैन । उक्त गाउँका वासीन्दहरुले उज्यालोको लागि सोलर बत्तीको प्रयोग गर्दै आइरहेको थियो ।
केही रकम खर्चेर भएपनि बिजुली बत्ती बाल्नु पाउने भएपछी स्थानीयहरु मुहारमा खुशी छाएको स्थानीय काजीमान थिङ्गले बताए ।
छिमेकी जिल्ला रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैंडाटारसंग जोडिने झोलोङगे पुलको समेत आज शनिबार नै प्रदेश संसद पुलामीले उदघाटन गरेको छ ।
सो झोलुङ्गे पुल सङघीय सरकार र प्रदेश सरकारको आर्थिक लगानीमा निर्माण सम्पन्न गरिएको बकैया गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष आशिष तितुङ्ले जानकारी दिए ।
बकैया गाँउपालिका र चन्द्रपुर नगरपालिकाको बिचमा रहेको चाँदि खोलामा पुल नहुदा स्थानीयले बर्खा लागेपछि समस्या झेल्दै आइरहेका थिए । स्थानीयहरु यो पुलको उदघाटन भएसंगै आवतजावतमा सहज भएको छ । पुल निर्माणकाललागी स्थानीय र बुद्धि जीवि राजनीतिक दलहरु आग्रहलाई अध्यनजर गर्दै सघीय सरकार र प्रदेश सरकारको आर्थिक लगानीमा निर्माण सम्पन्न गरिएको झोलुङ्गे पुलको आफुले उदघाटन गर्नु पाएकोमा आफु हर्षित भएको र सरकार प्रति आफु आभारी रहेको प्रदेश संसद पुलामीले उदघाटन कार्यक्रमा मा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित