बसन्त लामा/रौतहट । रौतहटको सदरमुकाम गौरबाट ललितपुरका एकजना युवक लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर ३ ईमाडोल बस्ने वर्ष २१ को समिर भुसाल रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन । अस्थायी प्रहरी पोष्ट बसपार्क गौरको टोलीले मंगलवार राती पौने १० बजे चिया पसल अगाडि शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका भुसालले बोकेको झोलाभित्र चेकजाँच गर्दा डाईजिपाम इंजेक्शन २ एमएलको ९६, नर्फिन इंजेक्शन ९६, प्रोमेथाजिन फेनारगन ९६ गरी २८८ एमपुल नशालु इंजेक्शन, नगद १७ हजार ७०रुपैयाँ, भारु १० रुपैयाँ र एक थान मोबाइल १ सिमसहित बरामद भएको प्रवक्ता गिरीले जनाईन ।





















Discussion about this post