चपुरमा मोटरसाइकल चोरीको अरोपमा २ जना पक्राउ

391
SHARES
514
VIEWS

बसन्त लामा/रौतहट । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहटले दुईजनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । चोरीको मोटरसाइकल चलाइरहेको अवस्थामा प्रहरीले सर्लाहीको हरिवन नगरपालिका– १ भुटकुनी टोलका २० वर्षीय मुकेश साह र रौतहट माधवनारायण नगरपालिका– १ दिपही टोलका २७ वर्षीय शिवचन्दन प्रसादलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मुकेशले साउन १२ गते चन्द्रपुर– १ नुनथर मन्दिर नजिकबाट भारतीय नागरिक सुनीलकुमार साहको बिआर ३० एफ ५३३६ नम्बरको अपाचे मोटरसाइकल र शिव चन्दनले साउन ११ गते राति चन्द्रपुर– ४ मुस्लिम टोलका हसन सरिफ मन्सुरीको वाग्मती प्रदेश ०२–०२८ प ७८३४ नम्बरको बजाज कम्पनीको मोटरसाइकल चोरी गरेको ईलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जनाएको छ । यस्तै चन्द्रपुर– ८ सन्तपुर बजारबाट हराएको प्रदेश २–०३–०११ प ९७०२ नम्बरको मोटरसाइकल जिल्लाको गुजरा नगरपालिका– २ जंगलमा घाँसले छोपेको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजन साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित