न्याय परिषद बाराली ३ न्यायाधीशको अरुवा

385
SHARES
506
VIEWS

बारा । न्याय परिषद्ले बारा जिल्ला अदालतका तीन न्यायाधीशको सरुवा गरेको छ । उच्च र जिल्ला अदालतका ९१ जना न्यायाधीशको सरुवा तथा पदस्थापन गर्ने क्रममा बाराका तीन न्यायाधीशको पनि अन्यत्र जिल्लामा सरुवा भएको हो । परिषद्ले बारा जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जन, न्यायाधीश दिलीपराज पन्त र न्यायाधीश प्रकाश राउतलाई सरुवा गरेको छ । महर्जनको काठमाडौं, पन्तलाई भक्तपुर र राउतको सुनसरी जिल्ला अदालतमा सरुवा भएको हो । यसैगरी न्याय परिषद्ले बारा जिल्ला अदालतमा दुई जना न्यायाधीशलाई पदस्थापन गरेको छ । परिषद्को निर्णय अनुसार बारामा रामेछाप जिल्ला अदालतबाट न्यायाधीश ईन्दिरा शर्मा र सुनसरी जिल्ला अदालतबाट न्यायाधीश सुरेशराज खनाल आउने भएका हुन् । यस्तै परिषद्ले पर्सा जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठी र पुरुषोत्तम नेपालको पनि सरुवा गरेको छ । त्रिपाठीलाई संखुवासभा जिल्ला अदालत र नेपाललाई सुनसरी जिल्ला अदालतमा सरुवा गरिएको हो । पर्सामा काठमाडौं जिल्ला अदालतबाट न्यायाधीश माधवप्रसाद घिमिरे, ललितपुर जिल्ला अदालतबाट न्यायाधीश रोशनकुमार भट्टराई र मोरङ जिल्ला अदालतबाट न्यायाधीश मोहन सुवेदीलाई खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित