बारा । रतनपुरी संघर्ष समितिद्वारा नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय सिमरा, निजगढ नगरपालिका र नेपाल विद्युत प्राधिकरण उप-वितरण केन्द्र निजगढमा ७ बुदे ज्ञापन पत्र बुझाएको छ ।
समितिका संयोजक धनबहादुर खुलाल गोलेको नेतृत्वमा विद्युत प्राधिकरण वितरण शाखा सिमरा, नेपाल विद्युत प्राधिकरण उप-वितरण केन्द्र निजगढ र निजगढ नगरपालिकाको कार्यालयमा पुगेको टोलीले विद्युत प्राधिकरणका शाखा सिमराका प्रमुख रुमेश रुपाखेती, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग र नेपाल विद्युत प्राधिकरण उप-वितरण केन्द्र निजगढका नरेन्द्रकुमार मन्डललाई बुधबार ज्ञापन पत्र बुझाएको हो ।
निजगढ रपालिका वडा नम्बर १०, ११, १२ र १३ मा विगत लामो समयदेखि विद्युत प्रसारण लाइन जिर्ण र लापरबाही रहेको छ । विद्युतका पोल मापदण्ड अनुकुल नभएको र वर्षा तथा गर्मीको समयमा विद्युत प्रसारण नहुँदा सावीक रतनपुरीबासी अँध्यारोमा बस्न बाध्य भएको कुरा विगतमा पनि प्राधिकरण कार्यालयमा अवगत गराउँदा पनि समस्या समाधान भएको छैन । विद्युत प्रसारण अपडाउनका कारण सो क्षेत्रमा ट्रास्फर्म समस्याका कारण सो क्षेत्रका वासीहरु आजित छन ।
समितिले पटक पटक मौखिक रुपमा अवगत गराउँदा समेत कुनै सुनुवाई नभएकोले ज्ञापन पत्र बुझाउन बाध्य भएको समितिले बताएको छ । समितिले ज्ञापन पत्रमा ७ बुँदे माग समेत उल्लेख गरेको छ ।
जस अनुसार नाङ्गो तारलाई कभरसहित तार परिवर्तन गर्ने, मादण्ड भन्दा बढी दुरीमा रहेका पोलहरुमा थप पोल थप्नुपर्ने, प्रशारण लाइन वरपर रहेका बाँसघारी तथा बोटबिरुवा यथासिघ्र कटान गर्ने, छिन छिनमा विद्युत आउने र जाने समस्या पत्ता लगाई समाधान गर्ने, विद्युत लाइनको जिर्ण भएका प्रसारण लाइनलाई परिवर्तन गर्ने लगायतका मागहरु प्रस्तुत गरिएको छ ।
सव स्टेसन निजगढले विना जनकारीमा छिन छिनमा लाइन काटने र काटाउने समस्या तत्काल समधान गर्नु पर्ने समेत उल्लेख गरिएको छ । निजगढ सव स्टेसनले रतनपुरीलाई वेग्लै फिटर व्यवस्थ गर्नु पर्ने । निजगढ वडा नम्बर १०, ११, १२ र १३ मा पूर्ण रुप भोल्टेज सहित लाइन सञ्चलान गर्नु पर्ने । ११ के.भि. लाईन १०, ११, १२ र १३ को सबै मर्मत गर्नुपर्ने ।
वडा नम्बर १२ बारथलीको ट्रन्सफर्म मानविय उच्च जोखिम रहेकोले अन्यत्र सार्नु पर्ने । निजगढ वडा नम्बर १०, ११, १२ र १३ लगायतका वडाहरुमा अधुरो शाखा लाईन तत्काल विस्तार गर्नु पर्ने । निजगढ वडा नम्बर १०, ११, १२ र १३ को बकैया गाउँपालिकामा सञ्चालित विधुत हेर्न तथा संरक्षणका लागी छुटै कर्मचारी व्यावस्थ गर्नु पर्ने लगायतका मागहरू ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
समितिका संयोजक खुलालले ज्ञापन पत्र हस्तान्तरण गर्दै भने जनताको सुरक्षा तथा दैनिक रुपमा आइपर्ने समस्या समाधान गर्न कुनै पहल नभएमा सम्पूर्ण रतनपुरबासी कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने बताए । प्राधिकरणका प्रमुख रुपाखेती र मन्डलले ज्ञापन पत्र ग्रहण गर्दै छिटो भन्दा छिटो प्राविधिक र इन्जिनियर उपलब्ध गराएर फिल्ड अवलोकनगरी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै निजगढ नगरपालिाकी उपप्रमुख थिङ्गले विद्युत प्राधिकरणलाई तत्काल उक्त क्षेत्रका समास्यको हाल गर्न कार्य कक्षाबाट नै प्राधिकरणका प्रमुखलाई अदेश दिईएकी थिईन । रतनपुरी सघर्ष समितिको संयोजक धन बहादुर खुलाललगायत सहसंयोजक दुर्गा गोङबा, कृष्णाप्रसाद धमला, विनोदकुमार लामा, देवराज खनाल, हेमबहादुर स्याङतान, शुकबहदुर स्याङतान, बसन्त लुङबा, ईन्द्रलाल श्रेष्ठ, मंगलबहादुर रुम्बा र दिपक मोक्तानलगायत संचारकर्मीहरुको उपस्थिति रहेका थिए ।





















Discussion about this post