रौतहटमा सशस्त्र प्रहरीद्वारा सालको काठ बरामद

401
SHARES
527
VIEWS

बसन्त लामा/रौतहट । रौतहट जिल्लाको गुजरा नगरपालिका सिम्री स्थित वन क्षेत्रमा तस्करले सालको रुख काटेर लुकाई छिपाइ राखेको अवस्थामा काठ सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हजमिनिया रौतहटले दिएको जानकारी अनुसार सशस्त्र प्रहरी बल सुरक्षा बेस लक्ष्मिनिया र सब डिभिजन वन कार्यालय जंगलसहियाबाट खटि गएको संयुक्त गस्ती टोलीले गुजरा नगरपालिका वडा नम्वर ३ सिम्रीको वन क्षेत्रमा पर्ने धनसार खोला नजिक झाडीमा अबैध रुपमा चोरी कटान गरेर लुकाई छिपाई राखेको अवस्थामा सालको काठ बुधवार बरामद गरिएको हो ।
काठको अबैध कारोवार गर्ने कारोवारीले १२ वटा गोलिया सालको काठ (६१.६१ क्युफिट) को बजार मूल्य १ लाख ८५ मूल्य बराबरको काठ बरामद गरेर सव डिभिजन वन कार्यालय जंगलसहियामा बुझाएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकरी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित