पेट्रोल/डिजेलको मुल्य वृद्धि

391
SHARES
515
VIEWS

बारा । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आगामी गएरातीदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु ४ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३ रुपैयाँले वृद्धि गरेको हो ।

मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः रु १ सय ६८ रुपैयाँ ५० पैसा, १ सय ७० र एक सय ७१ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः १ सय ५७ रुपैयाँ ५० पैसा, १ सय ५९ र १ सय ६० कायम भएको छ ।

पहिलो वर्गअन्तर्गत बारा अमलेखगञ्ज, झापा चारआली, मोरङ विराटनगर, धनुषा जनकपुर, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल रहेका छन् । निगम सञ्चालक समितिको बैठकले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ४८ पैसा र डिजेलमा २ रुपैयाँ ८३ पैसाले बढेर आएकाले स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

डिपो-कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलिम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित