बसन्त लामा सिगौल/सिङ्गौल । बाराको निजगढ नगरपालिका १!२ र ३ सिगौल स्थित धनसार सिचाईको पक्कि कुलो निर्माण कार्य सम्पन्न भएकोछ ।
सिंगौलको धनसार सिचाईको पक्कि कुलो केहि दिन पहिले मात्रै निर्माण कार्य सम्पन्न भएर संचालनमा आएको हो ।
केहि समय पहिले निजगढ नगरपालिकाको मेयर सुरथ पुरी र उपमेहर सोममाया थिङ्गले च्यानालाएट ड्याम र पक्कि सिचाई कुलो निर्माणको उदघाटन गरेका थिए ।
धनसार खोलामा निर्माण भैरहेको पक्कि कुलो निर्माण सम्पन्न भएर संचालनमा आएपछि सिंगौलको अधिकांस स्थानीय लाम्भवित भएकाछन् ।
व्यवस्थित कुलो नहुदा सिंगौलको स्थानीय असार लागेपछि परमपरागत खेतिको धान रोप्ने समयमा सिचाई गर्नको लागि समस्या झेदै आउनु परेको थियो ।

धनसार खोलामा पक्कि व्यवस्थित बाँध बनेपछि यो वर्ष को सिगौलमा धान खेति गर्ने स्थानीयको रोपाइँ सहजै सम्पन हुनु लागेकोछ ।
बर्षेनी धनसार खोलाले असार लागेपछि सिचाई मात्र नभई सिंगौल वडा नम्बर ३ को पिपलटारको खेति योग्य जमिन कट्टागर्नुको साथै खोला बस्तीमा प्रवेश गर्न लागेको थियो ।
हाल सो स्थानमा पक्कि कुलो निर्माण भएपछी धनसार खोलाको कट्टान मात्र नभएर पहिरो गैईरहने स्थानको समेत संरक्षण भएकोछ ।
धनसार खोलाले पिपलटारको खेति योग्य जमिन कट्टा गर्दै लानु र धनसार सिचाईमा समेत प्रत्यक्ष असर पर्दै गएकोले वडा नम्बर ३ को अध्यक्ष गोकुलप्रसाद तिमल्सिना समाजसेवी तथा धनसार सिचाई कुलो निर्माण समितिका अध्यक्ष ज्ञानु जिम्बा (सुकराम) को आग्रहमा मधेश प्रदेश को मुख्य मन्त्री सरोजकुमार यादवले अनुगमन गरेका थिए ।
मुख्यमन्त्री यादव को अनुगमन पछी प्रदेश सरकारबाट ७९/ ८० को बार्षिक विनियोजित बजेट १ करोडमा सिंचाईको पक्कि कुलो र ड्यामको निर्माण कार्य सुरु गरीएको थियो ।
पक्किकुलो सम्पन भएर संचालनमा आइसकेको अबस्थामा सोहि पक्कि कुलोलाई धनसार खोलाले क्षेती पुर्याउन सकने भएकोले संरक्षणको लागि जाली भर्ने काम समेत अन्ति चरणमा पुएको छ । मधेश प्रदेशको सरकारमा हुदा मुख्यमन्त्री यादव ले विनियोजित गरेको बजेटबाट सुरु भएको धनसार सिचाई सिंगौलको स्थानीयलाई उध्दरनिय काम सावित भएकोछ
हालसम्पन्न भएको सिंचाईको पक्कि कुलो माथिबाट मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर २ को थाकालचौर झरनामा आउने पर्यटनको लागि समेत सहज भएकोछ ।





















Discussion about this post