पत्रकार पाण्डेलाई धक्की दिएकाे घटनाप्रति नेपाल पत्रकार महासंघ बाराको ध्यानाकर्षण

388
SHARES
511
VIEWS

दिपेन्द्र जयसवाल/बारा । नेपाल पत्रकार महासंघ बारा शाखाका कार्यसमिति तथा शुभ आरम्भ राष्ट्रिय दैनिकका प्रकाशक अनिल पाण्डेलाई धम्की आएको छ । पाण्डेलाई जिल्ला बारा कचोर्वाका इन्चार्ज सहायक प्रहरी निरीक्षक कमलेश साहले अन्य नाईके खटाएर धम्की दिएको खुलेको छ । उक्त धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ बाराको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघको बिज्ञप्तीमा यस्तो लेखिएको छ । ”

नेपाल पत्रकार महासंघ बाराका कार्य समिति सदस्य एवम शुभ आरम्भ राष्ट्रिय दैनिकका प्रकाशक अनिल पाण्डेले समचार लेखेकै आधारमा प्रहरी चौकी कचोर्वाका ईन्चार्ज प्रहरी सहायक निरिक्षक कमलेश साहले सरोकारनै नभएका अदालतले बैकिङ कसुरमा फरार रहेका धर्मेन्द यादबलाई प्रयोग गरी धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ बारा शाखाको गम्भिर ध्यानाकर्षण भएको छ । समचारको विषयमा चित्त नबुझे कानुनी उपचार र अन्य उपाय हुदा हुदै पत्रकार पाण्डेलाई सुरक्षाकर्मीबाटै फरार अभियुक्तबाट धम्की दिने कार्यको घोर भत्सर्ना गर्दछौ । सुरक्षा प्रदान गर्ने सुरक्षानिकायबाट पत्रकार असुरक्षित हुनु पर्ने घटनामा तत्काल प्रहरी सहायक निरिक्षकमाथि कार्वाही र धम्की दिने यादबलाई पक्राउ गरी कार्वाही अघि बढाउन सम्बन्धित सबैमा माग गर्दछौ । तत्काल कार्वाही नभए पत्रकार महासंघ कार्वाहीका लागि अन्य विकल्पमा समेत जान सक्ने सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।” भनी उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित