बारा । मधेश प्रदेश्मा मन्त्रालय बाँडफाँटको विषयमा विवाद भएपछि सरकार विस्तारमा ढिलाइ भएको छ ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले पाउने मन्त्रालका विषयमा विवाद भएको हो । विवादका कारण जनमत पार्टी नेतृत्वको सरकार विस्तारमा ढिलाइ भएका हुन ।
जनमत पार्टीका नेता सतिश कुमार सिंहको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारका साझेदार दल नेपाली काँग्रेसले अर्थमन्त्रालयको आकाक्षां राखेको भएपनि सो मन्त्रालय जनमत पार्टी आफैले राख्न खोजेपछि सत्ता साझेदार दलबिच विवाद देखिएको छ ।
पछिल्लो पटक केन्द्रमा कांग्रेस र एमालेका बीचमा भएको नयाँ सहमति अनुसार मधेश प्रदेशमा जनमत पार्टीका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत पनि प्राप्त गरिसक्नु भएको छ । जनमतले अन्तिम समयमा आएर अर्थमन्त्रालय आफ्नो साथमा नै राख्ने भनेपछि सरकार विस्तारमा ढिलाइ भएको नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा नेता विरेन्द्र कुमार सिंहले जानकारी दिए ।
नेपाली कांग्रेसले अर्थमन्त्रालय सहित ४ मन्त्रालय पाउनु पर्ने अडानमा रहेका छन् । मधेश प्रदेशमा सभामुख सहित २५ प्रदेश सभाका सदस्य भएको नेकपा एमालेले भौतिक सहित ४ मन्त्रालय सहित सरकारमा रहेको वेलामा २२ सिट रहेका नेपाली कांग्रेसले पनि अर्थ सहित ४ मन्त्रालय पाउनु पर्ने अडानमा रहेको उपसभापति सिंहले जानकारी दिनुए ।
अर्थमन्त्रालय आफूहरूले नपाएको खण्डमा प्रदेश सरकारमा नै नजाने मुख्यमन्त्रीलाई स्पष्ट रुपमा जानकारी गराई सकेको पूर्वमन्त्री समेत रहेका सिंहले जनाए । अर्थमन्त्रालयका विषयमा सहमति भएकै दिन मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ । मधेश प्रदेशमा ९ सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री सिंहले सरकारमा सामेल गराउँदै २ वटा मन्त्रालय दिने गरि यस अघि नै सहमति भैइसकेको छ । मुख्यमन्त्री सिंहले नेकपा माओवादी, नेकपा एस, नेपाल संघीय समाजवादी तथा नागरिक उन्मुक्ति पार्टीका ६ जना मन्त्रीलाई बर्खास्त गरेपछि प्रदेश सरकार पुनर्गठनको चर्चा शुरु भएको छ ।
मधेश प्रदेश सभामा रहेका १०७ प्रदेश सभाका सदस्यहरु रहेकोमा नेकपा एमाले, नेपाली कांग्रेस, जनमत पार्टी तथा लोसपाका गरेर ६९ जनाको समर्थन पुग्ने गरेको छ । यसै गरि एक सिट रहेको नागरिक उन्मुक्ति पार्टीको १ जना सदस्य पनि सरकारको समर्थनमा रहेका छन् ।यसै गरि विपक्षमा जसपाका १९, माओवादी केन्द्रका ९, नेकपा एसका ७, नेपाल संघीय समाजवादी पार्टीका १ र राप्रपाका १ गरी ३७ जना प्रदेश सभाका सदस्य रहने भएको छ ।





















Discussion about this post