बारा/भक्तलाल । निजगढ नगरपालिका वडा नम्बर १३ ले आ.व. २०८१/८२ मा वडा भित्र गर्ने योजनाहरुको वडा स्तरिय योजना तर्जुमा गोष्ठी आइतबार सम्पन्न गरेको छ ।
वर्षभरी वडाभित्र गरिने विभिन्न विकास निर्माण, शिक्षा तथा स्वास्थ, सरसफाई, महिला तथा वालवालिकाको क्षमता अभिवृद्धिका तालिम, भौतिक संरचना निर्माणलगाएतका योजनाहरुलाई दोश्रो दिनको गोष्ठिले प्राथमिकतामा राखेको छ । गोष्ठीको दोस्रो दिन विभिन्न राजनीतिक दलहरूसंग गरेको छलफल र अन्तर्कृयामा नेपाली काँग्रेसका तर्फबाट कृष्णबहादुर लो, नेकपा एमालेबाट कमान थिङ्ग, नेकपा (माओवादी केन्द्र) को तर्फबाट सानुमाया गोले, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट टंक लामालगायतका सहभागी रहेका थिए । त्यस्तै लालिगुरास टोल, सिर्जनशील टोल विकास समितीका पदाधिकारीहरुको उपस्थिती रहेका थिए । गोष्ठीमा ४ वटा टोलविकास संस्था, युवा क्लब र विभिन्न सरोकार संघसंस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु समेत सहभागी रहेको थियो । जनताबाटै आएको सुझावअनुसार वडाको विकासलाई अघि बढाउने उद्देश्य थालेको निजगढ १३ वडाले योजना तर्जुमा सुझाव संकलन दुई दिने गोष्ठी सञ्चालन गरेको थियो ।





















Discussion about this post