बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर १३ मा बृद्धहरुको फोटो र व्यक्तिगत विवरण लिई राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु गरिएको छ । सो परिचयपत्रका लागि सेवाग्राहीले १० औंलाको छाप, डिजिटल हस्ताक्षरसँगै आवश्यक विवरण संकलन गरिएको हो । वडा नम्बर १३ का बृद्धहरुले शनिबार नै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन अनुसार वडा कार्यालय भक्तलालमा उदघाटन गरेको हो ।
वडा कार्यालयको भवनमा २ वटा डेक्स राखी फिल्ड कार्यालय सुरु गरिएको छ । धेरै किसिमका समस्या नागरिकले झेल्नु परेकाले परिचयपत्र वितरण गर्ने तयारी पूरा गरेर विवरण संकलन र परिचयपत्र वितरण सुरु गरिएको हो। सुशासन, विकास र सुरक्षाका दृष्टिकोणले राष्ट्रिय परिचयपत्रको दीर्घकालीन र रणनीतिक महत्व रहेको निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले बताए । यसको ऐन भने प्रतिनिधि सभा हुँदै राष्ट्रिय सभामा पारित भैइ आएको थियो ।
पञ्जीकरण विभागले गत हप्ता निजगढ १ बाट वडागत रुपमा परिचयपत्र वितरणको काम सुरु गरेको थियो । वडा १३ को पहिलो दिन ५४ जनाको तथ्यांक विवरण संकलन गरेको कम्प्युटर अपरेटर भरत न्यौपानेले जानकारी दिए । सामाजिक सुरक्षा भत्ता लिईरहेका बृद्ध्हरुलाई परिचयपत्र प्रदान गरिएको थियो । गत जेठ महिनामै काम सुरु गर्ने भने पनि असार महिनामा मात्र आवश्यक उपकरण र समयले साथ दिएको अर्का कम्प्युटर अपरेटर नित्यराज गणेशले बताए । उपकरण आएपछि त्यसको स्थापना र कार्यालय व्यवस्थापन गरेर विवरण संकलन सुरु गरिएको उनले जानकारी दिए ।





















Discussion about this post