सगरमाथा साकोसका ऋणी सदस्य मगरलाई  इन्स्योरेन्स कर्जा म्यादी विमा रकम भुक्तानी

383
SHARES
504
VIEWS

निजगढ । बाराको निजगढ-७ मा रहेको सगरमाथा बचत तथा ऋण सहकारी संस्थाका ऋणी शेयर सदस्य रेशम बहादुर जर्गा मगरको परिवारलाई आई.एम.ई.लाईफ इन्स्योरेन्सले विमा रकम भुक्तानी गरेको छ ।
संस्थाले एक कार्यक्रमको विच मृतकका धर्मपत्नी सिता जर्गा मगरलाई विमा कम्पनी मार्फत २ लाख ५२ हजार विमा रकम भुक्तानी गरेको हो ।
रेशम बहादुर जर्गा मगरले संस्थाबाट गत असोज २९ गते १ लाख ५ हजार रोहित वर्कशप लेथ कारखाना संचालनका लागी कर्जा प्रवाह गरेका थिए । सो कर्जा प्रवाह गर्दा वित्तिय संस्थाले कर्जाको म्यादी विमा गरेको थियो । मगरको गएको वर्ष २०८० फाल्गुन १४ गते वर्कसपमा काम गर्ने शिलशिलामा गरेको शंकास्पद वस्तुलाई ग्यासको माध्यमबाट काट्दै गर्दा विस्फोट भई ज्यान गएको थियो । सो घटनामा ५ जना परेका थिए, जसमा भारत घर भएका २० वर्षीय अरविन शाह, ३५ वर्षीय राकेश जैसवाल, रौतहटकी २० वर्षीय रितु रजत र निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सुर्य बहादुर थापा रहेका थिए । रेशमका परिवारले कर्जाको बिमा मार्फत दुर्घटनामा परि बिमाङक रकम (कर्जा रकमको) १०० प्रतिशत हुने रकम रु.१ लाख ५ हजार र दुर्घटनाबाट मृत्यु भई थप (कर्जा रकमको) १०० प्रतिशत भुक्तानी र काजक्रिया खर्च बापत विमाङक रकमको ४० प्रतिशत गरि जम्मा रु.२ लाख ५२ हजार रकमको चेक मृतकका पत्नी सिता जर्गा मगरलाई हस्तान्तरण गरिएको थियो । त्यस्तै संस्थाको मृतक सदस्य राहत कोषबाट रु.१५ हजार रकम पनि सहयोग गरेका छ । त्यस्तै यता सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड निजगढ ७ मा अवस्थित रहेको छ । यस संस्थाका निजगढको जेठो सहकारीको रुपमा चिनिन्छ । २०५७ साल कात्तिक २४ गते डिभिजन सहकारी कार्यालय कलैया, बारामा दर्ता भएको हो ।
संस्थाले सदस्यहरुको हितका निम्ती कर्जाको बिमा मात्र नभई अन्य विभिन्न सामाजिक क्रियाकलाप अन्तर्गत भुकम्प पिडित, अग्नि पिडित, बाढी पिडीतलाई राहत वितरण र निजगढ ९ स्थित सामुदायिक अस्पताल प्रसुती गृहलाई पंखा सहयोग, कृष्ण प्रणामी मन्दिरमा चन्दा सहयोग,बिद्यालयहरुमा पोशाक वितरण,मानव कल्याण आश्रमका आर्थिक सहयोग लगायत विभिन्न सामाजिक कार्यहरुमा संस्था अग्रसर रहेको देखिन्छ । त्यस्तै संस्थाले बिना धितो २ लाख सम्मको कर्जा लगानीमा अनिवार्य बिमा गर्नुपर्ने नियम करिब १ बर्षदेखि लागु गरेको छ । कुनै पनि सदस्यले ऋण लिई भविष्यमा आईपर्न सक्ने जोखिमलाई मोलेर परिवारजन प्रति आर्थिक कर्जाको भार नहोस् भन्ने लक्ष्यका साथ कर्जाको बिमा लागु गरिएको हो ।
विमा कम्पनीका मधेश प्रदेश प्रमुख रवीशंकर सर्राफ, शाखा एजेन्सी म्यानेजर भगवती घिमिरे र सुष्मा पण्डित, समाजसेवी एवम् बुद्धिजीवी शम्भु भण्डारी, रत्न बहादुुर बुढाथोकी, संस्थाका अध्यक्ष भोला प्रसाद गौतम, उपाध्यक्ष हरिमैया उपाध्याय पोखरेल, सदस्यहरु रमेश प्रसाद गौतम, सुदिप तिमल्सिना, सिता रिसाल, लेखा संयोजक रुद्र प्रसाद धिताल, ले.सदस्यहरु प्रल्लाद प्रसाद रिमाल, मञ्जु कार्की, शेयर सदस्यहरु सुमिन्त्रा विश्वकर्मा, दुर्गा देवी सापकोटा लगायतको रोहवरमा रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रम संचालन संस्थाको सभाहलमा भएको थियो भने कार्यक्रम संचालन ब्यवस्थापक हरिप्रसाद पण्डितले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित