बारा । जनताबाटै आएको सुझावअनुसार वडाको विकासलाई अघि बढाउने उद्देश्य थालेको निजगढ नगरपालिका वडा नम्बर १३ वडामा योजना तर्जुमा सुझाव संकलन दुई दिने गोष्ठी सञ्चालन गरेको छ । वडावासीलाई आगामी योजनामा समावेश गराउनका लागि शुक्रबार निजगढ नगरपालिका–१३ नम्बर वडामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक योजना निर्माणका लागि सरोकारवालासँग छलफल तथा सुझाव संकलन गरेको हो । शुक्रबार पहिलो दिन विभिन्न संघसंस्थाको प्रतिनिधिहरु संग छलफल गरेको छ भने दोस्रो दिन शनिबार विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिको प्रतिनिधिसंग अन्तरक्रिया गर्ने छन । वडातहबाटै आएको मागअनुसार काम गर्दा वडाको विकासमा सबैको भावना समेटिने भएकाले वडामा योजना संकलनको काम गरिएको निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले जनाएको छ । वडाको बजेट निर्माणपूर्व केहि चरणमा छलफलगरी वडाका सबै टोलमा पुग्नेगरी काम अघि बढाइएको बताइएको छ । आउँदो वर्षका लागि बन्ने बजेटमा वडाको राजश्व संकलनको क्षमताअनुसार बजेट व्यवस्थापन गर्ने सोच रहेको भन्दै राजश्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्ने र श्रमदानलाई पनि संगसंगै लैजाने तयारीमा वडा कार्यालय रहेको छ । १३ नम्बर वडामा भएको सुझाव संकलनमा स्थानीयले शिक्षा, सडक ढल र बहुउद्देश्यीय भवनको कामलाई अघि बढाउ जरुरी रहेको बताएका थिए । सहभागीहरुले वडाको मुख्य क्षेत्रमा रहेको वडाको भौतिक विकास राम्रो नभएको समेत बताए । सहभागीहरुले देशभरबाट आउने मानिसको नजरमा पर्ने वडाको पूर्वाधार विकास प्रकृतिमैत्री र व्यवस्थित हुन जरुरी रहेको बताए ।
सडकको ढलान कुनै ठाउमा फुटिएको छ, बनेको सडकमा ढल, सडक छेउमा हुनुपर्ने सुन्दरता नभएको उनहरुको भनाई थियो । स्वास्थ्यका हिसाबले पनि वडा निकै समस्यामा रहेको भन्दै वडा संग समन्वयमा स्वास्थ्य क्षेत्रमा व्यवस्थापन गर्न जरुरी रहेको बताए । त्यस्तै वडामा रहेको खेलकुद विकास समितिका पदाधिकारीहरुले पनि खेलाडीहरु आफ्नो अनुशासनमा नबसी दिदा वडाले गरेको खेलकुदको लगानी सदुपयोग नभएको भन्दै क्लबका प्रतिनिधिहरुले चिन्ता व्यक्त समेत गरेका थिए । युवाहरुले वडाले गरेको लगानी र वडाका भावनालाई नबुझ्दा आफुहरु चिन्तित र निराशा भएको बताए । उनहरुले मोटो रकम खेलकुदमा लगानी भएपनि उत्पादनशील क्षेत्रमा खासै प्रगति नभएको बताए । अवको योजनामा युवाहरुले जागरूकता देखाए मात्र खेलाडी उत्पादनमा रकम खर्चन आग्रह गरे । त्यस्तै प्रशिक्षकको व्यवस्थापन गरेर खेलाडी उत्पादन गर्नसके वडाले गरेको लगानीले सार्थकता पाउने उनिहरुको भनाई थियो ।





















Discussion about this post