वसन्त लामा/बारा । निजगढ नगरपालिकाले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव वास्तविक कृषकहरूको खेतमा मनाएको हो । धान नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा रहे पनि यसको विकास र प्रवर्द्धनमा दिन नसक्दा अहिले आयात गरेर छाक टार्नु पर्ने अवस्था छ ।
‘नेपालमा धान खाद्य बाली मात्र नभएर यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्व छ । निजगढ नगरपालिका वडा नं ५ स्थित खोल्सीटोलमा आयोजित धन दिवस तथा रोपाइँ महोत्सव नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा निजगढ नगरपालिकाका नगर उपप्रमुख सोममाया थिङ्ग, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, विद्यालयका प्रधानाध्यापकहरु तथा विद्यार्थीहरु , विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, कृषक समूहहरु, सहकारीकर्मीहरु, संचारकर्मीहरु तथा नगरपालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।





















Discussion about this post