बारा । निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको सत्यश्वर शिवशक्ति आधारभूत
विद्यालयले धान दिवस मनाएको छ । जलवायु मैत्री कृषि, धान उत्पादनमा
वृद्धि भन्ने नाराका साथ शनिबार देशैभरी मनाईएको २१ औँ राष्ट्रिय धान दिवस
तथा रोपाई महोत्सवको अवसरमा विद्यालयले विद्यार्थी शिक्षक अभिभावकको
सहभागितामा रोपाईँ गर्दै दिवस मनाएको हो । विद्यार्थीहरुलाई कृषिको
महत्व, धान दिवस मनाउनुको कारण लगायतका विषयमा जानकारी गराउँदै दिवस
मनाईएको विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारले बताए ।

विद्यालयका विद्यार्थी तथा शिक्षकहरु बंखुटोलमा रहेको बारीमा पुगि रोपाई
गरेका हुन् ।
पछिल्लो समयमा शिक्षा व्यवहारिक नभईरहेको गुनासो आउने गरेको र
विद्यार्थीलाई सैद्धान्तिकका साथै व्यवहारिक ज्ञान दिने उद्देश्यले
विद्यार्थीहरुकै सहभागितामा रोपाई गरिएको प्रधानाध्यापक स्वर्णकारले
बताए । विद्यार्थीहरुले रोपाईँ गर्दै, दही चिउरा खाँदै रमाईलो समेत
गरेका थिए ।
विद्यालयमा कक्षाकोठाको पढाइका साथै व्यवहारिक ज्ञान, अतिरिक्त
क्रियाकलाप लगायतका कार्य गरी विद्यार्थीलाई गुणस्तरीय सिकाइका लागि
विद्यालय लागिरहेको प्रधानाध्यापक स्वर्णकारको भनाई छ ।
रोपाईँ दिवसमा विद्यालयका सहायक प्रधानाध्यापक टेकराज भण्डारी, शिक्षक
अम्बिका घिमिरे, कल्पना आचार्य, रुपेश भट्टराई, सुरेन्द्र सुवेदी, निशा
लामा, कविना पौडेल, सत्यश्वर बाल क्लबका अध्यक्ष अफ्रोज खान, उपाध्यक्ष
काजल महतो, सचिव सुमन रौनियार लगायत विद्यार्थीको सहभागिता रहेको थियो ।




















Discussion about this post