निजगढ नगरपालिकाले धान दिवस मनाउने

404
SHARES
532
VIEWS

उमेश घलान/बारा । बाराको निजगढ नगरपालिकाले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव खोल्सिटोलमा बनाउने भएको छ ।
‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव वास्तविक कृषकहरूको उपस्थितिमा मनाउन लागिएको नगरपालिकाले सूचना जारी गरिएको छ ।
धान नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा रहे पनि यसको विकास र प्रवर्द्धन धान दिन नसक्दा अहिले आयात गरेर छाक टार्नु पर्ने अवस्था छ ।
‘नेपालमा धान खाद्य बाली मात्र नभएर यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्व छ । नगरपालिकाले विगतका वर्षदेखि नियमित रूपमा धान दिवस मनाउँदै आएको छ । तर, अहिलेसम्म पनि वास्तविक कृषकहरूसँग पुगेर धान दिवस मनाइएको छैन’, तर गत वर्ष र यस पटक धान खेती गर्ने कृषक भएको स्थानमा पुगेर धान दिवस मनाउने  भएको छ । नगरपालिकाले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव असार १५ गते नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, कार्यपालिका सदस्यहरु, कर्मचारी, स्थानीय जनप्रतिनिधिहरू र कृषकहरूको उपस्थितिमा खोल्सिटोलमा मनाउँदै छ । खोल्सिटोलमा कृषकको जग्गामा धान रोपाई गरिनेछ ।
निजगढक्षेत्रमा भने हाल सम्म केही क्षेत्रमा र केहि प्रतिशत मात्र रोपाइँ भएको छ । हाल सम्म राष्ट्रिय कृषि विभागले मुलुकभर १ लाख ३६ हजार बढी हेक्टर जमिनमा धान रोपाइ सम्पन्न भएको जनाएको छ । विभागका अनुसार अघिल्लो वर्षको तुलनामा असारको दोस्रो सातासम्म यो वर्ष ९ प्रतिशतभन्दा बढी धान रोपाई भएको हो । नेपालमा करिब १३ लाख ९८ हजार ८ सय ३६ हेक्टर जमिनमा धान रोपाई हुने गरेको छ ।
विभागका अनुसार अहिलेसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा धान रोपाई भएको सरकारी तथ्यांक छ । सो प्रदेशमा अहिलेसम्म ४३ हजार ६ सय ३४ हेक्टर जमिनमा धान रोपाई भएको छ ।
सबै भन्दा कम मधेश प्रदेशमा २.९ प्रतिशत धान रोपाई भएको छ । सो प्रदेशमा हालसम्म ११ हजार ४० दशमलव ३ हेक्टर जमिनमा धान रोपाई भएको विभागको तथ्यांकमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित