मधेशका क्रियाशील पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बिमा हुने

388
SHARES
510
VIEWS

बारा । मधेश प्रदेश सरकार मातहत रहेको आम सञ्चार प्राधिकरणले प्रदेशका सबै क्रियाशील पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बिमा गर्ने भएको छ । जनकपुरधाममा आयोजित प्राधिकरणका गतिविधि सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष श्यामसुन्दर यादवले मधेश प्रदेशमा क्रियाशील १ हजार पत्रकारहरूको १ लाखको स्वास्थ्य बिमा तथा ७ लाखको दुर्घटना बिमा गर्ने तयारी गरेको जानकारी दिए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटमा उल्लेख भए अनुसार खोज पत्रकारितासम्बन्धि प्रशिक्षणका साथै सूचना बैङ्कको निर्माण गरेर सञ्चालन गर्ने अध्यक्ष यादवले जानकारी दिए ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवले आम सञ्चार प्राधिकरणलाई सुदृढ गर्न कानूनी व्यवस्थामा भएको प्रावधानमा सुधार गर्न जरुरी रहेको बताए ।
चालु आर्थिक वर्षमा आम सञ्चार प्राधिकरणले प्रदेशका विभिन्न पत्रपत्रिका, टेलिभिजन, एफ एम रेडियोका गरेर २४२ संस्थाहरूलाई लोककल्याणकारी विज्ञापन बापत ४५ लाख ६९ हजार रकम सम्बन्धित सञ्चार संस्थाको खातामा पठाउने प्रक्रिया शुरु भएको संस्थाका प्रशासकीय प्रमुख जय कुमार राउतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित