तपश्वी रामबहादुर बम्जन बालयौन दुरुपयोगमा दोषी ठहर

401
SHARES
527
VIEWS

निजगढ । तपश्वी बताउने बाराको निजगढ १२ रतनपुरका रामबहादुर बम्जन बालयौन दुरूपयोगमा दोषी ठहर भएका छन । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासलेसोमवार उनलाई उक्त कसुरमा दोषी ठहर गरेको अदालतका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिए । सजाय निर्धारण भने असार १७ गते हुने उनले बताए । तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङले भने सफाइ
पाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत पुस २४ गते उनलाई काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरी सर्लाही पठाएको थियो। सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान वाइबा बेपत्ता पारेको आरोप पनि उनीमाथि छ ।

उनीहरुलाई सिन्धुली आश्रमबाट वेपत्ता पारिएको दावी गरिएको छ। सर्लाहीको आश्रममा भने उनले बालयौन दुरूपयोग गरेको भनी प्रहरीमा जाहेरी परेको थियो ।

आरोप केके थिए

प्रहरीका अनुसार बमजनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको उजुरी परेको थियो ।
पाँच वर्षअघि सिन्धुपाल्चोकस्थित उनको आश्रममा गएका केही “अनुयायी” त्यहाँबाट नफर्किएका भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेका उजुरीमा प्रहरीले छानबिन थालेको थियो ।
त्योसँगै सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रम सिलबन्दी गरेर अनुसन्धान थालिएको थियो ।
विसं २०७१ साल चैत १४ गतेदेखि सम्पर्कविहीन एक व्यक्तिको परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले बमजनको आश्रममा अनुसन्धान थालेको थियो।
सर्लाही जिल्ला अदालतले बमजनलाई पक्राउ गर्न अनुमति दिएपछि उनको खोजी तीव्र पारिएको थियो।
गत पुसको अन्तिम साता प्रहरीले बमजनलाई मोटो रकमसहित काठमाण्डूमा पक्राउ गरेको थियो।

बमजन को हुन्

बमजनआबद्ध संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारीअनुसार उनको जन्म सन् १९९० को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो।

उनका मातापिता किसान थिए। उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो। उनका आमाबुवाका नौ सन्तान छन्। उनी साहिँला छोरा हुन्।

उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएको बताइन्छ।

“उनी गर्भमा हुँदा उनकी आमालाई माछामासु खान मन लागेको थिएन र पछि बमजनले पनि मासु खाएनन्। उनी सानो उमेरदेखि नै लामो समयसम्म घरबाहिर जाने गर्थे,” वेबसाइटमा उल्लेख गरिएको छ।

सन् २००५ मा संचारकर्मी सँगको कुराकानीमा उनका परिवार, साथीभाइ र अनुयायीले बमजन छ महिनासम्म पानी पनि नपिई ध्यानमा लीन भएको दाबी गरेका थिए ।
उक्त विवरणका अनुसार गौतम बुद्ध र बमजन दुवैका आमाको नाम मायादेवी भएकाले स्थानीयवासीहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए। उनलाई खासगरी केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘लिटल बुद्ध’ को उपनाम दिएका थिए।
तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिरह्यो।
सोह्र वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक सम्पर्कविहीन भएको बताइन्छ ।
ध्यानमा रुचि र बुद्धसँगको तुलनाका कारण उनी बसेको स्थानआसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरूको भिड लाग्ने गर्न थाल्यो ।
अनुयायीहरूले धार्मिक ध्वजापताका चढाउन थालेपछि उक्त स्थान बिस्तारै धार्मिक स्थलमा परिणत हुँदै गयो ।

नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल उनी यति चर्चित भए कि उनले निकै कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरे ।

देशका विभिन्न ठाउँहरूमा आश्रम खोले र नेपालभित्र र बाहिर आफ्ना अनुयायीहरूको सङ्ख्या समेत क्रमिक रूपमा बढाउँदै लगे ।

त्यसै कारण उनले “भित्रभित्रै असीमित शक्ति” आर्जन गर्न थालेको उनीबारे प्रकाशित थुप्रै विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित