पशुपति सामुदायिक वनमा उन्नत लोकल जातको  बाँस रोपण

399
SHARES
525
VIEWS

उमेश घलन/बारा । बाराको निजगढ  नगरपालिका १२ स्थित पशुपति सामुदायिक वनमा उन्नत लोकल जातको बाँस रोपिएको छ । पछिल्लो समय धेरै स्थानहरुमा बाँसका घारीहरु मासिने क्रम बढ्दै गएका बेला पशुपति सामुदायिक वनले भने बाँस रोपेर बाँस रोपण कार्यको शुभारम्भ गरेको हो ।

वन क्षेत्रका विभिन्न स्थानहरुमा नदि काटन हुनबाट जोगिनको निम्ति र संरक्षण पोखरीको बचाउ गर्न बाँसहरु रोपिएको वन समुहका अध्यक्ष धनबहादुर खुलालले जनाएको छ । बाँसजन्य बस्तुको उत्पादनका लागि पनि बाँसको अभाव हुन नदिन तथा उद्यम विकासका लागि सहयोग समेत पुर्‍याउने उद्देश्यले बाँस उत्पादनमा जोड दिदै आएको अध्यक्ष खुलालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित