बारागढीको पाँचौ गाउँसभा सम्पन्न, ३९ करोड भन्दा बढी बजेट 

385
SHARES
507
VIEWS

घलान/ बारा । बाराको बारागढी गाउँपालिका खोपवा बाराको पौचौँ गाउँसभा (सोमबार) सम्पन्न भएको छ ।
उक्त गाउँसभाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम वार्षिक बजेट गाउँपालिकाको सभाहलमा प्रस्तुत गरिएको हो । गाउँपालिकाको अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षता भएको थियो ।

उक्त पाचौँ गाउँ सभामा अध्यक्ष जैसवालले २०८१/८२ को बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेट आर्थिक वर्षमा आय तर्फ सघिय सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदान अन्तर्गत, सशर्त अनुदान मध्ये शिक्षा, कृषि , पशु स्वास्थ्य, राजस्व बाँडफाँड, समपुरक अनुदान प्रदेश सरकारबाट प्राप्त बजेटलगायतगरी आर्थिक वर्ष २०८१/०८२ को  कुल बजेट ३९ करोड, ३९ लाख, ७३ हजार रूपैयाँको बजेट गाउँपालिकाको पाचौँ गाउँ सभामा प्रस्तुत भएका थिए ।


उक्त गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी राय, प्रमुख प्रशासकिय अधिकृत सुनिलप्रसाद केशरी र वडा अध्यक्षहरु गाउँकार्यपालिका सदस्यहरू, गाउँपालिकामा कार्यरत बिभिन्न शाखाका प्रमुखहरू, सञ्चारकर्मी, जनप्रतिनिधि, कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित