बारा । नेपाल राष्ट्रिय शिक्षक संगठन बाराकाे १४ औं जिल्ला परिषद संगठनकाे कार्यालय कलैयामा सम्पन्न भएको छ ।
जिल्ला समिति अध्यक्ष सुरेन्द्र पासवानकाे अध्यक्षतामा भएको जिल्ला परिषदका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन मधेस प्रदेश समितिका उपाध्यक्ष हस्त बहादुर लामा रहेका थिए ।
प्रमुख अतिथि लामाले कार्यक्रममा बाेल्दै नेपाल राष्ट्रिय शिक्षक संगठन शैक्षिक गुणस्तर, पेशागत हकहित तथा समग्र शैक्षिक उन्नतीका लागि लड्दै आईरहेकाे संगठन भएको बताए । कतिपय पालिकाले शिक्षकहरूलाई अनावश्यक दु:ख दिने, जायज मागकाे सुनुवाइ नगर्ने जस्ता कार्य गरिरहेकाे भन्दै प्रदेश उपाध्यक्ष लामाले यस्ता कार्यकाे संगठन शशक्त प्रतिवाद गर्ने बताए ।
यस्तै कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष बद्रीनारायण झाले संगठनमा आवद्ध शिक्षकले नेतृत्व गरेका विद्यालय अब्बल बन्दै गईरहेका औंल्याए । शिक्षकलाई अनावश्यक दु:ख दिने कार्यकाे शशक्त प्रतिवाद गरिने जिल्ला उपाध्यक्ष झाको भनाइ थिए ।
प्रदेश समिति, जिल्ला समिति तथा विभिन्न पालिकाका अध्यक्ष सहित सदस्यहरुकाे सहभागीता रहेको जिल्ला परिषदमा शिक्षककाे पेशागत हक अधिकार, कतिपय पालिकामा शिक्षकमाथि हुने गरेका अन्याय तथा शैक्षिक गुणस्तर सुधार गर्दै संगठनमा आवद्ध शिक्षकहरुले सिर्जनात्मक तथा रचनात्मक कार्य गर्नुपर्ने विषयमा वक्ताहरुले जाेड दिए ।
जिल्ला सचिवालय सदस्य रुपाश्री ढाेढरीले स्वागत गरेकी कार्यक्रमकाे सञ्चालन जिल्ला सचिव बिष्णु ढकालको रहेका थिए ।





















Discussion about this post