पर्सा राष्ट्रिय निकुञ्जमा दोहोरो फायर,  एक जना सिकारीको ज्यान गयो

443
SHARES
583
VIEWS

बारा । पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र दोहोर गोलि चलेको छ । शुक्रबार बिहान वन्यजन्तु शिकारी र निकुञ्ज सुरक्षाकर्मीबिच भएको दोहोरो गोलि फायरमा परेर एक जना शिकारीको ज्यान गएको हो ।  ईलाका प्रहरी कार्यालय सिमराका अनुसार निकुञ्ज कर्मचारी र नेपाली सेना सहितको टोली गस्तीको क्रममा वन्यजन्तु शिकारीसँग जम्काभेट हुदाँ दोहोरो गोलि चलेको थियो ।

निकुञ्ज कर्मचारी र नेपाली सेना सहितको टोली संग भएको मुड्भेटमा परेर हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ का ५२ वर्षिय वन्यजन्तु शिकारी सुकबहादुर तितुङ्गको मृत्यु भएको ईलाका प्रहरी कार्यलय सिमराले जनाएको छ । शिकारीहरु भाग्ने क्रममा उनिहरुको साथबाट २ थान भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने ५७ राउन्ड गोली, ३ सय ग्राम बारुद, २ वटा मोबाईल, हसियाँ, खुकुरी र लाईटर लगायतका सामग्री बरामद गरिएको छ । दोहोरो फायरको क्रममा हतियार सहित ५ जनाको समुहमा आएका शिकारीहरु मध्ये अन्य ४ जना भाग्न सफल भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख चिरन्जिवी दहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित