कुशल मार्गदर्शनद्वारा महिलाहरुलाई १० दिने अचार बनाउने तालिम सुरु

438
SHARES
576
VIEWS

बारा । महिलाहरुलाई उद्यमशिल बनाई स्थानीय स्तरमा स्वोजगार बनाउन सिपमुलक तालिम दिएको छ । जिल्लाको निजगढ नगरपालिकाका वेरोजगारी महिलाहरुलाई स्थानीय स्रोत साधनको प्रयोग हुने कच्चा पदार्थमा अधारित उद्योग स्थापना गर्न सिपमुलक तालिम दिएको हो ।


यहाँका महिलाहरुलाई लक्षित गरि स्वारोजगार स्थापना गरि उनिहरुको जिविकोपार्जनमा सहज बनाउन १० दिनको अचार बनाउने तालिम दिएको छ । नगरको उपप्रमुख कार्यक्रम अन्तरगत निजगढ नगरपालिकाको सहयोगमा कुशल मार्गदर्शन प्रा.ली.ले जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ७ को सभा हलमा १० दिने अचार बनाउने तालिम सुरु भएको छ ।

निजगढका अधिकाशं युवाहरु रोजगारीका लागी बिदेश पलायन भई रहेका बेला कुशल मार्गदर्शन संस्थाले महिलाहरुलाई स्थानीय स्तरमा पाईने कच्चामा आधारित सिप ज्ञान दिई स्थानीय स्तरमा साना उद्योग संञ्चालन गर्न महिलाहरुलाई सिपमुलक तालिम सुरुगरेको निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले बताईन ।


उनले भने युवा जती अन्तरमुलुक भारत तथा तेस्रो मुलुक तिर छन् गाउँमा प्राय बालबालिका तथा बृद्धहरु र महिला मात्र भएकाले महिलालाई सिपमुलक तालिम दिएर साना उद्योगलाई प्रर्वधन गर्न आबस्यक रहेको जनाईन । सिपमुलक तालिम पछि उद्योग गर्ने महिलाहरुलाई प्रबिधीमा समेत सहयोग गर्ने उपप्रमुख थिङ्गले बताईन । त्यस्तैगरि सो अवसरमा बोल्दै निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामाले आत्मनिर्भर बन्नका लागि यस किसिमको तालिमले मद्दत पुग्ने बताए । तालिम लिएपछी उपलब्धि मुलक हुनु पर्ने वडा अध्यक्षको भनाई रहेका थिए । तालिममा १६ देखि ४० बर्ष उमेर समुहका महिलाहरुको सहभागिता रहेको थियो ।
स्थानीय स्तरमा रहेका कृषीमा आधारित आँपलगायतका कच्चा पदार्थहरु खेर गई रहेका बेला स्थानीय उत्पादनमा आधारित अचार बनाउने तालिम दिएर अचार उद्योगका स्थापना तथा उद्यम होमको प्लन समेत ल गरिने भएको छ । नगरपालिकाका प्रत्येक वडाबाट तालिम लिन ईच्छुक ५-५ जनाका दरले ३५ जना महिलाहरुलाई तालिम दिएको हो । तालिममा अमला , आँप, मुला, चोतो , कागती , अमिलो , अदुवा, खुर्सानी लगायतका सामाग्रीहरुको अचार बनाउने अभ्यास गराउनका साथै साना उद्योग स्थापना गर्न ब्यापार योजना समेत बनाउन सिकाउने छ । महिलाहरुलाई सिपमुलक तालिमका साथै उद्योग गर्न चाहने महिलाहरुलाई स्थानीय सरकारले अनुदान दिने समेत उपप्रमुखले जनाईकी थिइन । महिलाहरुलाई लक्षित गरि यस वर्षामा उपप्रमुख कार्यक्रम अन्तरगत सिलाई कटाई तालिम , सर्फ पाउँडर बनाउने साबुन बनाउने तालिम समेत दिईएको थियो । यो वर्ष निजगढ नगरपालिकाले उपप्रमुख कार्यक्रम अन्तरगत पालिकाको आधिकंश वडाहरुमा दुना टपरी देखि लिएर मकैको खोस्लोअको विभिन्न सामग्रीहरु बनाउने लगायतका महिलाहरुलाई बिभिन्न किसमका तालिमहरुको आयोजना समेत गर्दै आएको छ । संस्थाको अध्यक्ष निर्मल बजागाईको अध्यतामा भएको उक्त १० दिने आचर बनाउने तालिममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले उदघाटन गरेकी थिइन । कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा, समाजसेवी दिलबहादुर लामा, जगतकुमारी न्यौपाने, रिटर्नी फेरेशनका मधेस प्रदेश संयोजक रामकृष्ण घिमिरेलगायतले तालिमको बारेमा महत्त्वपूर्ण मन्तव्य व्यक्त गरेका थिए । संस्थाको सचीव प्रशान्त लामाले संचालन गरेको सो कार्यक्रममा वडा नम्बर ७ का  वडा सदस्य कविता लामा, सुभद्र विश्वकर्मा र भगवती घिमिरेलगायतको उपस्थिती रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित