जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभा स्थगित

397
SHARES
522
VIEWS

उमेश घलान/बारा । जिल्लाको तिन पालिकाले नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरे पनि जितपुरसिमरा उपमहानगरपालिकाको नगरसभा नै स्थगित भएको छ । संवैधानिक व्यवस्था अनुसार असार १० गते भित्र नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने व्यवस्था रहेपनि उपमहानगरपालिकाको आन्तरिक विवादका कारण नगरसभा स्थगित भएको हो ।

आवश्यक गणपुरक संख्या नपुगेपछि नगर प्रमुख राजन पौडेलले बिहिवारका लागि तय गरिएको नगरसभा स्थगितको घोषणा गरेका थिए । नगरसभामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरु उपस्थित नभए पछि नगरसभा स्थगित गरिएको हो । बिहान ११ बजेका लागि जीतपुरसिमरा-७ स्थित प्राइम पार्टी प्यालेसमा आयोजित १० औं नगरसभामा विभिन्न दलबाट निर्वाचित जनप्रतिनिधिहरु सहभागी थिएनन । स्थगित भएको नगरसभा शनिवारकालागि पुनः बोलाएको छ । गणपुरक संख्या नपुगेपछि  नगरप्रमुख पौडेलले विहिवारको नगरसभा स्थगित भएको जानकारी दिए  ।

संवैधानिक व्यवस्था अनुसार असार १० गते भित्रै आगामी वर्षका लागि आर्थिक ऐन सर्वसहमतिले पारित हुनु पर्दछ । तर  उपमहानगरपालिकाको २० जना वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु नगरसभा बहिष्कारको पक्षमा छन  । नगर प्रमुख पौडेलले नगरसभामा वडाको सिलिङ्गमा कटौती गरेको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले नगरसभा बहिष्कार गरेका हुन । विभिन्न शिर्षकमा दीर्घकालीन प्रतिफल नदेखिने योजनाहरु समावेश हुनु पर्ने माग राख्दै वडा अध्यक्ष र कार्यपालिकासदस्यहरूले नगरसभालाई अवरोध गरिरहेका छन । त्यस्तैगरी उपमहानगरपालिकाले योजनाबाट दीर्घकालिन प्रतिफल प्राप्त नहुने र हरेक बर्ष टुक्रे योजनामा करोडौ रकम विनियोजन गर्दै आर्थिक अनियमितता गर्दै आएको देखिन्छ । स्थानीय तहले योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ को रफा ५.२.४ सँग सम्बन्धित अनुसूची ३ मा आयोजना प्राथमिकीकरणका आधारहरू गरिबी निवारण, उत्पादनमूलक, रोजगारी, लागत सहभागिता, स्थानीय स्रोत र साधन, समावेशी निकास, दिगो र बाताबरण संरक्षण र भाषिक र सांस्कृतिक निकाय उल्लेख गरी प्राथमिकताका आधारमा योजना छनौट गर्नु पर्ने व्यवस्था भएपनि वडाअध्यक्ष र नगरले यी योजनामा भन्दा लाभ नहुने टुक्रे योजनामा बजेट बिनियोजन गरी महालेखाले सैदान्तिक बेरुजुमा राख्दै आएपनि फेरी पनि वडा र नगरको बजेट शिर्षक भन्दा बढी र टुक्रे कार्यकर्तामुखी बजेट ल्याउने तयारी गरेको छ । गत आर्थिक बर्ष २०७९/८० मा २४ वडाको लागि वड़ागत ३८२ र पालिकास्तरका २४० गरी कुल ६२२ टुक्रे योजनामा बजेट बिनियोजन गरेको थियो । सञ्चालित योजनाबाट दीर्घकालिन प्रतिफल प्राप्त नहुनुका साथै दिर्घकालिन लाभ नहुने प्रकृतिका खर्चमा वृद्धि भएको महालेखाको यसपालीको सार्वजनिक प्रतिबेदनमा उल्लेख छ ।
योजना तयार गर्दा स्थानीय स्तरमा छलफल गरी प्राथमिकताका शिर्षकमा बजेट बिनियोजन गर्नु पर्ने भएपनि प्रचारमुखी र कार्यकर्ता पाल्ने तथा भ्रमणमै ठुलो रकम खर्च हुने गरेको छ ।
गत आर्थिक बर्षमा महालेखाले अवलोकन भ्रमणमा बेरुजु देखाउदा देखाउदै यस आर्थिक बर्ष २०८०/८१ मा वडाको मात्र करिब ४० लाख रकम अवलोकन भ्रमण मोजमस्तीमा खर्च भएको छ । भने नगरको अवलोकनका नाममा मोजमस्ती गर्न २० लाख छुट्टाईएकोमा ११ लाखमा उपमेयर सहित कर्मचारी जनप्रतिनिधि भर्खर मुस्ताङ पुगेर आएका छन । जबकी अहिले आर्थिक बर्षको अन्त्य बजेट बनाउन सघन छलफल र आवधिक योजना बनाउन समय खर्चनु पर्नेमा भ्रमणका नाममा मात्र जीतपुरसिमराले यस बर्ष ६० लाख खर्च गरेर जनताको काम गर्नु आएका जनप्रतिनिधिले जनताको कर ६० लाख भ्रमणमा खर्चको दोहन गरेको छ । यसबर्ष पनि फेरी टुक्रे योजना र मोजमस्तीको बजेट आफना वडामा छ की छैन भनेर सबैले खबरदारी गर्नु पर्ने देखिन्छ । त्यस्तै संचारकर्मीले “अब नगरसाभा के हुन्छ भन्ने प्रश्नमा” नगर प्रमुख पौडेलले टुक्रा टुक्रा योजनालाई कुनै पनि हालमा नगरसभामा समावेश नगरिने बताए । टुक्रे योजना कार्यन्वयनमा थुप्रै समस्या आएकोले यो वर्ष टुक्रे योजनालाई हटाएर बजेट ल्याउन लाग्दा बिरोध गर्नु स्वार्थमुखी रहेको नगरप्रमुख पौडेलले बताए । वडाको सिलिङ्गमा धेरै खर्च भएको तर उपलब्धिमुलक नभएको कारण टुक्रे योजनालाई आफु कुनै पनि हालतमा नगरसभाको आगामी बर्षको बजेटमा समावेश नगर्ने नगरप्रमुख पौडेलले पत्रकारहरु संगको कुराकानीमा बताए । प्रमुख प्रशासकीय अधिकृतलाई अस्थिर बनाउने प्रवृति नगरपालिकामा देखा परेको नगरप्रमुख पौडेलले बताए । नगर प्रमुख पौडेलले टुक्रे योजना छोडेर वडाध्यक्षहरुले ल्याउने ठूला योजना आगामी बर्षको बजेटमा समावेश गर्ने बताए । नेपालको संविधानको धारा २१८ अनुसार बनेको सो नियमावलीको नियम १० ले पहिलो पटक गणपुरक संख्या ५० प्रतिशतलाई, दोश्रो पटकमा ३३ प्रतिशतलाई र तेश्रोपटक जति संख्याको उपस्थिती रहन्छ त्यसैलाई गणपुरक संख्या मान्ने व्यवस्था गरेको छ । दुई पटक सम्म नगर सभा सदस्यले बहिष्कार गरेपनि तेश्रो पटक २५ प्रतिशत सदस्यबाटै नगर सभा सम्पन्न गर्ने अधिकार नगर प्रमुख पौडेलसंग छ । १२३ जना सदस्य कायम रहेको जीतपुरसिमराको यसपटकको नगरसभामा तेश्रोपटकमा आवश्यक संख्या सहजै नगर प्रमुख पौडेलसंग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित