युरो कप फुटबल : स्पेन, इटाली र स्वीट्जरल्यान्डको विजयी सुरुवात   

392
SHARES
516
VIEWS

बारा । युरो कप फुटबलमा स्पेन, इटाली र स्वीट्जरल्यान्डले विजयी सुरुवात गरेका छन् । गएराति भएको खेलमा स्पेनले क्रोएसियालाई ३–० गोलले, इटालीले अल्वानियालाई २–१ गोलले र हिजो बेलुका भएको खेलमा स्वीट्जरल्यान्डले हङ्गेरीलाई ३–१ गोलले हराएको हो । जितसँगै समूह ‘ए’ को स्वीट्जरल्यान्डको तीन अङ्क भएको छ ।

यसै समूहमा रहेको आयोजक जर्मनीले उद्घाटन खेलमा स्कटल्यान्डलाई हराउँदै विजयी सुरुवात गरेको थियो । उसको पनि तीन अङ्क नै रहेको छ । त्यस्तै समूह ‘बी’ का स्पेन साविक विजेता इटालीको पनि समान तीन अङ्क भएको छ ।

आज तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार बेलुका पौने ७ बजे पोल्यान्ड र नेदरल्यान्डस्, राति पौने १० बजे स्लोभेनिया र डेनमार्क तथा राति पौने एक बजे सर्विया र इंग्ल्यान्ड खेल्नेछन् । जर्मनीले आयोजना गरेको १७ औँ संस्करणको युरो कप आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । २४ वटा टोलीलाई छ वटा समूहमा विभाजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित