निजगढ नगरपालिकाद्वारा आयोजित बाली शिविर सम्पन्न

394
SHARES
518
VIEWS

उमेश घलान । निजगढ नगरपालिकाले संचालन गरेको बाली शिविर सम्पन्न भएको छ । बाली शिविरमा तरकारी तथा फलफुल संरक्षणका लागि गत हप्ता देखि उक्त शिविर निजगढ नगरपालिकाका वडाहरुमा संचालनमा ल्यायाए थिए । वारा जिल्ला कृषि ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत सम्सुलहक मियाँ दर्जी र निजगढ नगरपालिकाकी कृषि प्राविधिक रुपा पराजुलीलगयतको टोलिले वालीको उपचार र विधि कृषखरुलाई परामर्श दिईरहेका थिए । वडा नम्बर १ देखि सुरु भएको शिविर निजगढ नगरपालिका वडा नम्बर १३ मा पुगेर सम्पन्न भएको छ । नगरपालिकाकी कृषि प्राविधिक पराजुलीले आफ्नो नगरपालिका भित्र रहेका कृषकहरुले गर्दैआएको करेसा खेतीको बालीमा बिभिन्न प्रकारका रोग देखिएको गुनासो आएपछि त्यसको पहिचान गरि सावधान र कसरी गर्ने भन्ने बिषयमा जानकारी दिने उदेश्यले सो शिविरको आयोजना गरिएको बताईन । शिविरमा उपस्थित अधिकाशं वडाका कृषकहरु आफ्ना रोगी बालीका साथमा उपस्थित भएका थिए । उनिहरुले आफुहरुले बालीमा लागेका रोगको औषधिको प्रयोग पछि पनि निको नभएको भन्दै सही उपचार कसरी गर्ने भन्ने बिषयमा शिविरमा जिज्ञाशा राखेका थिए । साथै रोगको सहि पहिचान कसरी गर्ने भन्ने बारेमा जानकारी लिएका थिए ।
वारा जिल्ला कृषि ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत सम्सुर लाहको प्राबिधिक सहयोगमा आयोजना गरिएको उक्त शिविरमा प्रत्येक वडाका ६० देखि ७० जनाभन्दा बढि कृषकहरुको लाभ लिएका बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित